उपेन्द्र पक्षको निर्णय : आधिकारिकताका लागि निर्वाचन आयोग जाने


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं

जनता समाजवादी पार्टी (जसपा) काे उपेन्द्र पक्ष आधिकारिकताको दाबी गर्न निर्वाचन आयोग जाने भएको छ। विहीबार बसेको उपेन्द्रपक्षीय कार्यकारिणी समिति बैठकले पार्टी आधिकारिकताको मागदाबी पेश गर्न निर्वाचन आयोग जाने निर्णय गरेको हो।

यसअघि जसपा अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुरसहित नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेका थिए।

यसैगरी अर्का अध्यक्ष ठाकुरले पनि यादवलाई पार्टीबाट निष्कासन गरिएको जानकारी निर्वाचन आयोगलाई गराएका थिए। तर, दुवै पक्षको दाबी आयोगले खारेज गरिदिएको छ।

ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको मान्यता निर्वाचन आयोगले दिन अस्वीकार गरेपछि उपेन्द्र पक्षले आधिकारिकताको दाबी गर्न लागेकाे हाे।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४३ र ४४ अनुसार आधिकारिकताको दाबी गर्न निर्वाचन आयोगमा जाने निर्णय भएको राष्ट्रियसभा सदस्यसमेत रहेका कार्यकारिणी सदस्य मृगेन्द्रसिंह यादवले जानकारी दिए।

‘यसअघि हामीले प्रस्तुत गरेको दाबी निर्वाचन आयोगले अस्वीकार गरिदिएको छ,’ आयोमेलसँग यादवले भने,‘अब पार्टी आधिकारिकताका लागि दाबी गर्न फेरि निर्वाचन आयोग जाने निर्णय भएको छ।’

कानुन व्यवसायीहरूसँग सल्लाह गरेर दुई–तीनदिनभित्र निर्वाचन आयोगमा दाबी पेश गरिने उनले बताए।

यसैगरी बैठकले देशव्यापी संगठन सुदृढीकरण अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। र, यसका लागि कार्यकारिणी सदस्य मृगेन्द्रसिंह यादवको नेतृत्वमा सात सदस्यीय समिति बनाइएको छ।

यादव नेतृत्वको समितिमा हिसिला यमी, रेणु यादव, रामसहाय यादव, मो.इस्तियाक राई, गंगानारायण श्रेष्ठ र रणध्वज कंदंगवा सदस्य छन्।
बैठकमा ३० जना कार्यकारिणी समिति सदस्य सहभागी भएको बताइएको छ।

यता, उपेन्द्र पक्षले बोलाएको कार्यकारिणी समिति बैठक अवैधानिक र अनधिकृत रहेको भन्दै निर्णय मान्य नहुने बताएको छ।
वैठक अवैधानिक र अनधिकृत रहेको बताउँदै उनले सहभागी नहुन सदस्य तथा पदाधिकारीहरू आग्रह गरेका थिए।

‘जनता समाजवादी पार्टी नेपालको नाममा असार ३ गते केन्द्रीय कार्यकारिणी समितिको अवैधानिक र अनधिकृत बैठक बोलाइएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ ठाकुरले बुधबार विज्ञप्ति निकालेर भनेका थिए,‘त्यस बैठकबाट हुने सबै निर्णयहरू हाम्रो लागि अमान्य हुनेछ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले