जनकपुरमा सय बेडको कोभिड विशेष अस्पताल सञ्चालनमा


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं

प्रदेश २ को अस्थायी राजधानी जनकपुरमा सय बेडको कोभिड विशेष अस्पताल सञ्चालनमा आएको छ। जनकपुरधाम–१४ स्थित मणिपाल शिक्षण अस्पतालको प्रयोगविहीन भवन मर्मत सम्भार गरेर प्रदेश सरकारले कोभिड विशेष अस्पताल सञ्चालनमा ल्याएको हो।

मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहत रहने कोभिड विशेष अस्पतालको मुख्यमन्त्री लालबाबु राउत र समाजिक विकासमन्त्री नवलकिशोर साहले संयुक्त रूपमा उद्घाटन गरेका छन्।

गत वर्षकै कोरोना महामारीमा मणिपाल शिक्षण अस्पतालका भवनमा कोभिड अस्पताल बनाउने निर्णय प्रदेश सरकारले गरेको थियो। तर, निर्णय गरेको एक वर्षपछि मात्रै कोभिड विशेष अस्पताल सञ्चालनमा आएको हो।

प्रतिष्ठानका कुलपतिसमेत रहेको मुख्यमन्त्री राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोभिड संक्रमितहरूको उपचारका अतिरिक्त अन्य विशेषज्ञ सेवा पनि चाँडै सुरू गर्ने बताएका छन्।

शिक्षण अस्पताल सञ्चालनका लागि सरकारबाट जग्गा लिजमा लिएको मणिपालले दश वर्षभन्दा बढी समय बितिसके पनि अस्पताल सञ्चालनमा ल्याउन नसकेकोले लिज खारेज गराइ प्रतिष्ठानमातहत जग्गा ल्याउने पहल सुरू भइसकेको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले