ज्वाला संग्रौलाको धम्कीले प्रहरी संगठन डरायो!


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं-

नेपाल प्रहरीमा इन्चार्ज वा मातहतका प्रहरीको सरूवा सामान्य प्रक्रिया नै मानिन्छ। समयावधि पूरा गरिसकेका प्रहरी कर्मचारी सरूवा भएर जानु नौलो विषय होइन। तर, निश्चित समायवधि पूरा नै नगरी कसैको दबाब वा धम्कीमा सरूवा गरिनु सामान्य पक्कै पनि होइन।

यस्तै भएकाे छ महानगरीय प्रहरी प्रभाग महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झासँग।

महाराजगञ्जमा कार्यरत झालाई जेठ १८ गते अचानक सरूवा गरेर महानगरीय प्रहरी ट्राफिक महाशाखा बग्गीखाना पठाइएको थियो। सरूवाको यथेष्ट कारण नखुलाइएपनि कसैको दबाबमा यसो गरिएको थियो।

जेठ ११ गते असई झालाई जसरी पनि सरूवा गराइ दिने चेतावनी दिइएको थियो। धम्कीको एक सातापछि उनको सरूवा बग्गीखाना भयो। र, त्यो धम्की दिने व्यक्ति थिइन्, आफूलाई सामाजिक अभियन्ता भन्ने ज्वाला संग्रौला।

महाराजगञ्जमा निषेधाज्ञाका बेला पास र लाइसेन्स माग्दा संग्रौलाको टोलीले असई झा ‘जातैले मधेशतिरको लाग्छ, उतै सरूवा गरिदिन्छौं’ भनेर टिप्पणी गरेको थियो।

रंगभेदी टिप्पणी गर्दै संग्रौलाले ‘एनी हाउ’ सरूवा गराइदिने चेतावनी दिएकी थिइन्।

महाराजगञ्ज ट्राफिक प्रहरी इञ्जार्चसामु नै असई झामाथि रंगभेदी टिप्पणी गर्ने संग्रौलाको टोलीलाई कारबाही नगरेर उल्टै उनको सरूवा भयो।

झामाथि भएको रंगभेदी टिप्पणीको सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा चौतर्फी विरोध भयो। र, अन्ततः बग्गीखानाबाट सरूवा गरेर झालाई बुधबार पुनः महाराजगञ्ज नै पठाइएको छ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी वसन्त कुँवरले रंगभेदी टिप्पणी गर्ने संग्रौलामाथि तत्काल कारबाहीको प्रक्रिया अगाडि नबढाइएको बताए।

‘मधेशी आयोगमा उजुरी परेको छ। केही हुनेभए उतैबाट हुन्छ,’ उनले भने, ‘आयोगले नै कारबाही प्रक्रिया अगाडि बढाउँछ।’
यसैगरी ट्राफिक असई झाको सरूवा किन गरियो यसबारे आफूहरूलाई जानकारी नरहेको उनको भनाइ छ।

यता मधेशी आयोगका अध्यक्ष विजय दत्तले उजुरी आइसकेपछि रंगभेदी टिप्पणी गर्नेलाई कानुनी दायरमा ल्याउन कारबाही प्रक्रिया अगाडि बढिसकेको बताए।

‘प्रहरी संगठनकै प्रतिष्ठाको कुरा छ। एकजना प्रहरीमाथि रंगभेदी टिप्पणी भएको छ,’ दत्तले भने, ‘गृहमन्त्रालयसँग समन्वय भइरहेको छ। प्रक्रिया पूरा गरेर कारबाही हुन्छ।’

नेपालको संविधान, २०७२ ले कुनै पनि व्यक्तिलाई जातजातिको आधारमा भेदभाव गर्न नपाइने स्पष्ट व्यवस्था गरेको छ।

‘कुनै पनि व्यक्तिलाई निजको उत्पत्ति, जात, जाति, समुदाय, पेशा, व्यवसाय वा शारीरिक अवस्थाको आधारमा कुनै पनि नीजि तथा सार्वजनिक स्थानमा कुनै प्रकारको छुवाछुत वा भेदभाव गरिने छैन,’ संविधानको धारा २४ को उपधारा १ मा भनिएको छ।

जातीय सूचकको आधारमा नश्लीय टिप्पणी गर्नुलाई कानुनले अपराधको रूपमा परिभाषित गरेको छ।

अधिवक्ता पंकज कर्ण जाति सूचकको आधारमा कसैमाथि नश्लीय टिप्पणीलाई मुलुकी फौजदारी अपराध संहिताले गम्भीर प्रकृतिको अपराधमा राखेको बताए।

जाति सूचकको आधारमा कसैमाथि टिप्पणी गर्दा मुलुकी फौजदारी अपराध संहितको दफा १६८ आकर्षित हुनसक्ने उनको भनाइ छ।

‘मुलुकी फौजदारी अपराध संहितको दफा १६८ को उपदफा (१) मा अपमानजनक वा अमानवीय व्यवहार गर्न वा गराउनु हुँदैन,’ भनिएको छ।

नश्लीय टिप्पणी गर्नु अपमानजनक व्यवहार रहेकोले अपराध संहितको दफा १६८ आकर्षित हुने उनको तर्क छ।

उपदफा (१) बमोजिमको कसुर गर्ने व्यक्तिलाई पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँ जरिवानको व्यवस्था अपराध संहिताको दफा १६८ को उपदफा २ मा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गृहमन्त्री खाँण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा मंगलबार साँझ भएको

चीनमा यात्रा प्रतिबन्धमा कडाइ, केही ठाउँका हवाइ र रेलसेवा बन्द

काठमाडौ‌ – कोरोना संक्रमणलाई रोक्न चीनले यात्रा प्रतिबन्धलाई कडा बनाएको छ। चीनका ३१ राज्यका बढी भिडभाड हुने स्थानमा रेल तथा

अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा