ओलीले खोजे प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा गरिएको सनाखतको कानुनी आधार


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडाैं

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनविरुद्ध १४६ सांसदले दायर गरेको रिटको वैधतामाथि नै प्रश्न उठाएका छन्। रिट निवेदनमा ५ जनाको मात्र हस्ताक्षर गरेको भन्दै ओलीले अन्य सनाखतलाई अदालतले पुष्टि नगरेको तर्क सर्वोच्चलाई बुझाएको जवाफमा राखेका छन्।

अदालतबाट न्याय निरुपण गराइमाग्न रिट निवेदक आफैँले वा प्रचलित कानूनको रीत पुर्‍याई वारेसमार्फत् रिट निवेदन दिएको हुनुपर्ने भन्दै ओलीले रिट निवेदन कसैले दिने र अरु कोही सनाखत गरेर निवेदक बन्न नमिल्ने जिकिर समेत गरेका छन्।

ओलीले भनेका छन्,‘सर्वोच्च अदालत नियमावली वा कुनै कानुनले पनि सनाखत गरेर निवेदन दिने कुराको व्यवस्था गर्दैन । तर प्रस्तुत रिट निवेदनमा पाँच जना सदस्यहरूको मात्र हस्ताक्षर छ । त्यसरी सनाखत गरिने व्यहोरा पनि रिट निवेदनमा छैन। मलाई प्राप्त रिट निवेदनको प्रतिसहितको म्यादमा सनाखत गरेको वा त्यसलाई अदालतको कर्मचारीले पुष्टि गरेको कुनै व्यहोरा उल्लेख छैन । यस्तो वेरीतको निवेदन उपर सुनवाइ हुन वा निर्णय हुन सक्दैन।’

१४७ सांसदले दायर गरेको भनिएको रिटमा विपक्षी गठबन्धनका ५ नेताको हस्ताक्षर छ भने अन्यले त्यसैमा सनाखत गरेका छन्।
तर ओलीले भने उक्त सनाखतलाई कानुनले नचिन्ने भन्दै उक्त रिटमाथिनै सुनुवाइ वा निर्णय हुननसक्ने दाबी गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले