चीनले नयाँ अन्तरिक्ष स्टेशनका लागि पठायो तीन अन्तरिक्षयात्री


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं – चीनले नयाँ अन्तरिक्ष स्टेशनका लागि बिहीबार तीन अन्तरिक्षयात्रीलाई पठाएको छ। निह हाइसङ, लिउ बोमिङ र थङ होङ्बोलाई नयाँ अन्तरिक्ष स्टेशनमा पठाइएको हो। उनीहरुले अन्तरिक्ष स्टेसनलाई सक्रिय बनाउने कार्य गर्नेछन्।

उक्त स्टेशन पृथ्वीबाट ३८० किलोमिटरमाथि रहेको बताइएको छ। अन्तरिक्षयात्रीले करिब ३ महिना त्यहाँ बिताउनेछन्। पाँच वर्षपछि अन्तरिक्षमा यात्री पठाएको चीनले लामो समयका लागि यात्री पठाएको भने यो पहिलो पटक हो।

बिहीवार चिनियाँ लङ मार्च टूएफ रकेटको टुप्पोमा रहेको सेन्झाउ-१२ नामको यात्रुवाहक यानमार्फत् उनीहरू अन्तरिक्षमा प्रस्थान गरेका हुन्। बेइजिङको समयानुसार बिहान ९:२२ मा गोबी मरुभूमिमा रहेका भूउपग्रह प्रक्षेपण केन्द्रबाट सो रकेट प्रक्षेपण गरिएको हो।

निहको नेतृत्वमा रहेको मिशनको प्रमुख उद्देश्य २२.५ टनको चिनियाँ अन्तरिक्ष स्टेसनलाई सक्रिय बनाउने रहेको छ। ‘हामीले अन्तरिक्षमा नयाँ घर बनाउनु छ र नयाँ प्रविधिहरू परीक्षण गर्नु छ। त्यसैले यो मिशन जटिल र चुनौतीपूर्ण छ। हामी तीनजना मिलेर उचित रूपमा काम गर्दा हाम्रा चुनौतीहरू पार लगाउने मलाई विश्वास छ। यो मिशन पूरा हुन्छ भन्नेमा म विश्वस्त छु।’, प्रस्थान गर्नुअघि उनले भनेका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान

साझा कार्यक्रमलाई अन्तिमरूप दिन आज पुन: कार्यदलको बैठक बस्दै

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज पुन: सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ। मंगलबार बसेको बैठकले कार्यक्रमलाई अन्तिमरूप दिन आज

उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य जे जति हल्ला व्याप्त भए पनि यस देशमा केही मानिस

मन्त्रिपरिषद् निर्णयः भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को मंगलबारकाे बैठकले आयोगको सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई