महाधिवेशनका विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं – कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भएको हो। बैठकमा महाधिवेशनकाे परिमार्जित कार्यतालिका अनुमाेदनको मुख्य एजेण्डा रहेको छ।

यस्तै अन्य समसामायिक राजनीतिक विषयमा पनि छलफल हुने कार्यालयका मुख्य सचिव कृष्ण पाैडेलले जानकारी दिए। महाधिवेशनको कार्यतालिका र क्रियाशील सदस्यता सम्बन्धी विवाद समाधानका विषयमा पनि आजको बैठकमा छलफल हुनेछ।

यसअघि गत शनिबार बसेको पदाधिकारी बैठकले १४ औं महाधिवेशन ९ दिन पर सार्न निर्णय गरेको थियो। पदाधिकारी बैठकले भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा महाधिवेशन गर्ने निर्णय गरेको छ। पदाधिकारी बैठकले गरेको निर्णय केन्द्रीय समिति बैठकले अनुमोदन गर्ने बताइएको छ।

यसअघि भदौ ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने कार्यतालिका कांग्रेसले तयार पारेको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना उपचारमा बढी शुल्क असुल्ने निजीलाई छैन कारबाही, मन्त्रालयकै कर्मचारी…

'धेरैजसो मन्त्रालयका चिकित्सकहरु निजी अस्पतालमा काम गर्ने गरेका छन्। जबसम्म एक चिकित्सक एक अस्पतालको नियम लागू गरिँदैन तबसम्म समस्या समाधान

क्रिकेटको बन्द प्रशिक्षणका लागि १९ खेलाडीलाई बोलाइयो

१९ सदस्यीय क्रिकेट टोलीलाई बन्द प्रशिक्षणका लागि बोलाइएको छ। ओमानमा हुने आइसिसी क्रिकेट वर्ल्ड कप लिग-२ को ट्राई सिरिजका लागि

झापामा दैनिक कोरोना संक्रमण दर ३५ प्रतिशतभन्दा बढी

झापा – झापामा कोरोना संक्रमण दिनदिनै बढ्दो छ। जिल्लामा कोरोना संक्रमण दर ३५ प्रतिशतभन्दा बढी छ। यो देशभरकै उच्च संक्रमण

झापामा जटिल बन्दै अवस्था : कोरोना संक्रमितले भरिए अस्पताल

विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु संक्रमितले भरिभराउ भएका छन्।