महन्थले भने-उपेन्द्रले बोलाएको बैठक अवैधानिक


विचार
आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट


काठमाडौं

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएका छन्। यादवले विहीबार बिहान साढे ११ बजे केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बोलाएका हुन्।

पार्टीका पदाधिकारी एवं केन्द्रीय कार्यकारिणी समिति सदस्यहरूलाई बैठकबारे अध्यक्ष यादवले पठाएको पत्रमा ‘वर्तमान राजनीतिक परिस्थिति सन्दर्भमा विचार विमर्श गरी महत्वपूर्ण निर्णयहरू गर्नुपर्ने भएकाले निम्न स्थान र समयमा कार्यकारिणी समितिको बैठक राखिएको हुँदा उक्त बैठकमा उपस्थित भइदिन अनुरोध गरिन्छ’ भनिएको छ।

यता यादवले बोलाएको बैठकलाई अर्का अध्यक्ष महन्थ ठाकुरले अवैधानिक र अनधिकृत भनेका छन्। ठाकुरले बुधबार विज्ञप्ति निकालेर यस्तो भनेका हुन्।

साथै बैठकबाट हुने निर्णय आफूहरूलाई मान्य नहुने बताउँदै उनले सहभागी नहुन सदस्य तथा पदाधिकारीहरूलाई आग्रह गरेका छन्। ‘जनता समाजवादी पार्टी नेपालको नाममा असार ३ गते केन्द्रीय कार्यकारिणी समितिको अवैधानिक र अनधिकृत बैठक बोलाइएको प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ ठाकुरले विज्ञप्तिमा भनेका छन्,‘त्यस बैठकबाट हुने सबै निर्णयहरू हाम्रो लागि अमान्य हुनेछ।’

यसका साथै असार ३ गते जसपाको कुनै बैठक नरहेको जानकारी ठाकुरले निर्वाचन आयोगलाई समेत गराएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको