कांग्रेस महाधिवेशन : वैकल्पिक विधिको बहस, सभापतिकै जिल्लामा क्रियाशील सदस्यतामा विवाद


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं

नेपाली कांग्रेस कार्यतालिका परिवर्तन गरेर १४ औं महाधिवेशन गर्ने तयारीमा जुटेको छ। तोकिएको पाँच वर्षभित्र महाधिवेशन गर्न नसकेपछि थप डेढ वर्षको म्याद थपिएकाेमा त्याे पनि घर्किँदै गएपछि कांग्रेसले तयारीलाई तीव्रता दिएको हो।

शनिबार बसेको पदाधिकारी बैठकले महाधिवेशनको मिति भदौ १६–१९ गतेका लागि तय गरेको छ। पदाधिकारी बैठकले अन्तिमपटक भन्दै महाधिवेशनको कार्यतालिकासमेत संशोधन गरेको छ।

संशोधित कार्यतालिकाअनुसार क्रियाशील सदस्यतामाथि छानबिन सकेर असार २० गतेभित्र पार्टी सभापतिलाई बुझाउन प्रस्ताव गरिएको छ। सभापतिबाट हस्ताक्षर भइ असार २४ गतेभित्र क्रियाशील सदस्यहरूको नामावली पार्टीको निर्वाचन समितिलाई बुझाउनु पर्नेछ।

यसैगरी साउन ६ गते वडा र ११ गते गाउँ र नगरपालिकाको अधिवेशन सम्पन्न गर्ने कार्यतालिका प्रस्तावित छ।

प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन साउन १६ र प्रतिनिधिसभा निर्वाचन क्षेत्रअन्तर्गतका क्षेत्रीय अधिवेशन साउन २० गते गर्ने कार्यतालिका प्रस्ताव गरिएको।

एउटामात्र निर्वाचन क्षेत्र रहेका जिल्लाहरूको अधिवेशनपनि साउन २० मै हुनेछन्। एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्लाहरूको जिल्ला अधिवेशन साउन २४ गते तोकिएको छ।

यसैगरी प्रदेश समितिहरूको अधिवेशन भदौ १ र २ गतेका लागि प्रस्ताव गरिएको छ।

यसअघि ७–१० गतेका लागि तोकिएको महाधिवेशन सम्पन्न गर्न नेतृत्व गम्भीर नदेखिएको आरोप संस्थापनइतर समूहले लगाएपछि सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएर कार्यतालिका संशोधन गर्न प्रस्ताव गरेका छन्।

पदाधिकारी बैठकले प्रस्ताव गरेको संशोधित कार्यतालिका असार ३ गते बस्ने केन्द्रीय कार्यसमितिको बैठबाट अनुमोदन गराउने तयारी कांग्रेसले गरेको छ।

कांग्रेस केन्द्रीय सदस्य एवं क्रियाशील सदस्य छानबिन समितिका सदस्यसमेत रहेका आनन्दप्रसाद ढुंगानाले शीर्ष नेताहरूले प्रस्ताव गरेको संशोधित कार्यतालिका केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन गराउने तयारी रहेको बताए।

विधानअनुसार १३ औं महाधिवेशन सकिएको पाँच वर्षपछि २०७६ फागुनमा १४ औं महाधिवेशन गर्नुपर्ने थियो। तोकिएको मितिमा महाधिवेशन गर्न नसकेपछि विधानअनुसार एक वर्ष थप गरेर गत वर्ष फागुन ७–१० सम्म पुर्‍याइएको थियो।

तर, कोरोनाका कारण कार्यतालिकाअनुसार काम प्रभावित भएको भन्दै संविधानअनुसार कांग्रेसले भदौमा महाधिवेशन गर्ने निधो कांग्रेसले गरेको छ। संविधानअनुसार ६ महिना म्याद थप गरिसकेको कांग्रेससँग अब कुनै पनि बहानमा महाधिवेशनको मिति सार्ने विकल्प बाँकी छैन। भदौभित्र महाधिवेशन गर्न नसके कांग्रेसको वैधानिकता नै गुम्ने खतरा छ।

भदौमा महाधिवेशन गर्न कांग्रेस नेताहरू कस्सि एपनि कोरोना महामारीका साथै परिवर्तित राष्ट्रिय राजनीतिका कारण प्रभावित त हुने हो कि भनेर आशंका उब्जिन थालेको छ। किनभने कोरोना संक्रमणको दर केही घटे पनि पूर्णरूपले अझै नियन्त्रणमा आइसकेको छैन।

अर्कोतर्फ प्रतिनिधिसभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरी असारमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्ने बाटो खोलिदिए भदौमा महाधिवेशन सम्पन्न गर्न परिस्थिति सहज बन्न सक्छ। तर, प्रतिनिधिसभा विघटन सदर भएको अवस्थामा सरकारले घोषणा गरे अनुसार मंसिरमा हुने चुनावको तयारीमा जुट्नुपर्ने बाध्यता कांग्रेससामु आउने निश्चित छ। र, त्यतिबेला भदौमा महाधिवेशन गराउन कांग्रेसलाई समस्या पर्न सक्छ।

तर, कांग्रेस उपसभापति विमलेन्द्र निधि भदौमा जसरी पनि महाधिवेशन हुने बताउँछन्। पार्टीको १४ औं महाधिवेशन भदौमा गर्नैपर्ने संवैधानिक बाध्यतामात्र नभएर राजनीतिक कर्तव्यसमेत भएको उनको भनाइ छ।

संविधान र पार्टीको विधानुसारपनि भदौबाट कुनै पनि बहानामा महाधिवेशन सार्न नमिल्ने बताउँदै निधिले कोरोना महामारीमा कमी नआए जिल्ला तहमा मतदान गरेर पनि नेतृत्व चयन गर्न सकिने जिकिर गरे।

उपसभापति निधिजस्तै कांग्रेसका अन्य नेताहरू पनि कोरोनाका कारण स्थिति सहज हुन नसके जिल्ला–जिल्लामै मतदान गराएर नेतृत्व चयन गर्न सकिने धारणा राख्छन्।

कोरोना र वर्तमान राजनीतिक अवस्थाका कारण परिस्थिति प्रतिकूल बन्दै गएपछि नियमित अधिवेशन नगरेर तत्कालका लागि विशेष अधिवेशन गर्नुपर्ने बहसपनि कांग्रेसभित्र सुरू भएको छ।

तत्काल विशेष अधिवेशन गरेर परिस्थति अनुकूलबन्दा नियमित अधिवेशन गर्न सकिने कांग्रेसका कतिपय नेताहरूको तर्क छ। कांग्रेसले २०१२ सालमा विशेष अधिवेशन गरेको थियो।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री अर्जुननरसिंह केसी विगतमा पनि विशेष अधिवेशनको अभ्यास भइसकेको हुँदा अहिले पनि त्यसलाई दोहोराउन सकिने बताउँछन्।

‘तोकिएको मितिभित्र महाधिवेशन जसरी पनि गर्नुपर्ने नै छ। स्थिति प्रतिकूलभए विशेष अधिवेशनलाई विकल्पको रूपमा सार्दा उपयुक्त हुन्छ,’ केसीले आयोमेलसँग भने,‘पुरानै महाधिवेशन प्रतिनिधिबाट पदाधिकारी निर्वाचित गरेर एक वर्षदेखि १८ महिनापछि विधिवत अर्को अधिवेशन गर्ने गरी विशेष अधिवेशन गर्नसकिन्छ।’

विशेष अधिवेशन तदर्थ हुने भएकाले परिस्थिति अनुकूल भइसकेपछि नियमित महाधिवेशन गर्न सकिने उनको भनाइ छ। बाध्यात्मक परिस्थितिमा विशेष अधिवेशन गर्न आफूले पार्टीलाई आफूले सुझाव दिएको केसीले बताए।

‘प्रदेश, जिल्ला वा अञ्चललाई केन्द्र बनाएर विशेष अधिवेशन गर्न साह्रै समस्या हुन्छ जस्तो मलाई लागेको छैन,’ उनले थपे,‘नेपाल पत्रकार महासंघले १३ हजार मतदातलाई व्यवस्था गरेर निर्वाचन गर्‍यो भने हामी ५-६ हजारलाई व्यवस्था गर्न नसकिने होइन।’

सकभर नियमितकै लागि प्रयास गर्नुपर्ने बताउँदै उनले बाध्यात्मक अवस्थामा अन्य वैकल्पिक विधि अपनाउँदा विशेष महाधिवेशन उपयुक्त विकल्प हुनसक्ने जिकिर गरे।

केसीमात्रै होइन संस्थापनइतरका अन्य नेताहरूपनि वैकल्पिक उपाय अपानएरै भए पनि महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन्।

कांग्रेस नेता गगन थापा सभापति देउवाप्रति लक्षित गर्दै महाधिवेशन गराउन नसक्ने नेतृत्वले देश हाँक्ने कुरा गर्नु हास्यास्पद हुने बताउँछन्। कोरोनाका कारण सामान्य तरिकाले महाधिवेशन गराउन समस्या भए वैकल्पिक उपाय अपनाएर पनि तोकिएको मितिमा सम्पन्न गर्नुपर्ने उनको भनाइ छ।

कांग्रेसभित्र वैकल्पिक उपायबारे बहस चलिरहँदा केन्द्रीय सदस्य ढुंगाना भने तोकिएको मितिमा सामान्य प्रक्रिया अपनाएरै महाधिवेशन सम्पन्न हुने दाबी गर्छन्।

अधिकांश जिल्लाका क्रियाशील सदस्यहरूको नामावली प्रकाशन गर्ने काम भइसकेको र बाँकी रहेका पनि चाँडै प्रकाशन गर्ने तयारी भइरहेको ढुंगानाले बताए।

ढुंगानाका अनुसार बारा, सप्तरी, सिन्धुपाल्चोक, डँडेलधुरा, रूकुम पश्चिम, धनुषा क्षेत्र नम्बर १ मा विवाद देखिएकोले क्रियाशील सदस्यता वितरण हुन सकेको छैन।

‘परिवर्तित कार्यतालिकाअनुसार तोकिएको मितिमा महाधिवेशन सम्पन्न गर्न केही अप्ठ्यारो देखिएको छैन,’ उनले भने,‘भदौमा जसरी पनि महाधिवेशन सकिन्छ।’

वैकल्पिक उपाय अपनाउन भन्दै जसले जे तर्क गरे पनि विधानअनुसार नै महाधिवेशन सम्पन्न हुने ढुंगानाको दाबी छ।

‘संविधान र विधान बाहिर गएर महाधिवेशन गर्ने कुरा नै भएन, क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकजी आफैं संक्रमित हुनुभएको छ। तर, पनि घरमै बसेर काम गरिरहनु भएको छ,’ उनले भने,‘तोकिएकै मितिमा महाधिवेशन गर्न सभापतिज्यूको पनि जोड छ। रातदिन लगाएर काम भइरहेको छ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको

कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा

उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान