कर बुझाउने म्याद असार २५ सम्म


विचार
आयोमेल संवाददाता
परमादेश शब्दको यत्रो ठूलो बेइज्जत?: रामनारायण बिडारी

उनले संसदमा दैनिक सर्वोच्चको परमादेशबारे उल्लेख गर्ने गरिएकोमा आपत्ति जनाए।

आयोमेल संवाददाता
व्यवसायीलाई मन्त्री बनाउँदैमा विरोध गरिहाल्नु पर्दैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीलाई मन्त्री बनाउँदैमा असन्तुष्टि र विरोध गर्न

आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा


काठमाडौं-

कोरोना भाइरस महामारीका नियन्त्रणका लागि विभिन्न जिल्लामा भएका निषेधाज्ञाका कारण तोकिएको समयमा कर विवरण र कर दाखिला गर्न करदातालाई समस्या परेको भन्दै सरकारले असार २५ सम्मको म्याद दिएको छ।

अर्थ मन्त्रालयको असार २ को निर्णयअनुसार २०७७ चैत र २०७८ वैशाखको मासिक तथा द्विमासिक अवधिको मूल्य अभिवृद्धि कर (भ्याट) विवरण र सोबमोजिमको कर दाखिला गर्ने म्याद असार २५ सम्म तोकिएको छ।

त्यसैगरी २०७७ चैत र २०७८ वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण बुझाउने म्याद पनि असार २५ सम्म तोकिएको अर्थ मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार २०७७ चैत र २०७८ वैशाख महिनाको बुझाउनुपर्ने अन्तःशुल्क विवरण र सोबमोजिमको अन्तःशुल्क दाखिला गर्ने म्याद असार २५ सम्म तोकिएको छ।

त्यसैगरी २०७७ चैत र २०७८ वैशाख महिनाको बुझाउनुपर्ने शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शुल्क र दुरसञ्चार सेवा दस्तुर दाखिला गर्ने म्याद पनि असार २५ सम्म तोकिएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
परमादेश शब्दको यत्रो ठूलो बेइज्जत?: रामनारायण बिडारी

उनले संसदमा दैनिक सर्वोच्चको परमादेशबारे उल्लेख गर्ने गरिएकोमा आपत्ति जनाए। ‘परमादेश भन्ने शब्दको यत्रो ठूलो बेइज्जत, त्यो पनि राष्ट्रिय सभामा?

व्यवसायीलाई मन्त्री बनाउँदैमा विरोध गरिहाल्नु पर्दैन : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायीलाई मन्त्री बनाउँदैमा असन्तुष्टि र विरोध गर्न जरूरी नरहेको बताएका छन्। बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको

गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।