मेलम्ची ग्राउन्डजिरो : ‘बालेको ग्याससमेत ननिभाई ज्यान जोगाउन भाग्यौं’


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


मेलम्ची

साँझ ६ बजे। खाना पकाउने सुरसार हुँदै थियो। मानिसहरु आ–आफ्नै दैनिकीमा व्यस्त थिए। पानी आफ्नै सुरमा परिरहेको थियो। सायद सम्भावित प्राकृतिक विपत्तीको छनक पनि थिएन मेलम्चीबासीमा।

अचानक इन्द्रावतीतिरबाट बाढी आयो। मानिसहरुले सोचे–त्यो बाढी त यहाँ आइपुग्दैनहोला । बाढी त्यति ठूलो पनि थिएन।

‘त्यो बेला केही हुँदैन होला भन्ने सोचियो, एकछिन पछाडि लेदोसहित आउन थाल्यो, त्यसपछि हामी भात पकाउन बालिएको ग्याससमेत छाडेर माथि डाँडामा गएर बस्यौं,’ मेलम्ची ११ की धानेश्वरी श्रेष्ठले भनिन्।

मेलम्ची बजारमा बाढीले क्षति पुर्‍याएको छ। बजारका बासिन्दाले पनि सुरुमा यति क्षति पुर्‍याउँला भनेर सोचेका थिएनन्।

‘प्रहरी आएर बाढी बढ्दैछ, सुरक्षित स्थानतर्फ जानुस् भनेपछि हामी माथि स्कुलमा गएर बस्यौं, तै पनि मनले मानेन, घर कस्तो भयो होला भन्ने लागिरह्यो,’ उनले भनिन्, ‘पछि आएर हेर्दा त घर नै बगाइसकेछ।’

स्थानीय भन्छन्, ‘मेलम्चीमा यस्तो भएको कहिल्यै थाहा थिएन ।’ बाढीले निकै पूराना संरचनासमेत ध्वस्त पारेको छ।

इन्द्रावतीमा आएको बाढीले सबैभन्दा बढी क्षति हेलम्बुमा पुगे पनि त्यहाँको विस्तृत विवरण आउन सकेको छैन।

मेलम्ची बजारमा लेदोसहित आएको बाढीले बढी क्षति पुर्‍याएको छ। बजारैभरि लेदो नै लेदो देखिएको छ।

बाढीका कारण मृत्यु भएकामध्ये ७ जनाको शव फेला परेको छ। जसमा ३ जना भारतीय, २ जना चिनियाँ र २ नेपालीको शव फेला परेको छ।
कति घरमा क्षति पुर्‍यायो भन्ने यकित तथ्यांक आउनसकेको छैन।

बाढीले पुर्‍याएको क्षतिबारे बुझ्न सभामुख अग्नि सापकोटा, नेता पशुपतिशमसेर जबरा मेलम्ची पुगेका थिए ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले