चिकित्सकले नै कोरोना खोपविरुद्ध अफवाह फैलाएको भन्दै मेडिकल काउन्सिलमा उजुरी


विचार
आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट


काठमाडौं–केही दिनअघि कोरोना खोप लगाएका व्यक्तिहरुको शरीरमा फलामका सामान टाँसिन्छ भनेर देखाइएको भिडियो सामाजिक सञ्जालभरि भाइरल भयो।

उक्त भिडियो डा मनिष प्रधानाङ्गले बनाएका थिए। इवामुरा मेमोरियल अस्पताल, सल्लाघारीमा कार्यरत प्रधानाङ्गले एक बालक र एक महिलामा कसरी फलाम टाँसिन्छ भनेर देखाएका थिए।

उक्त भिडियोले गलत सूचना प्रवाह गरेको र चिकित्सक आफैँले कारोनाविरुद्ध अफवाह फैलाएको भन्दै नेपाल मेडिकल काउन्सिलमा उजुरी दर्ता भएको छ।

मानिसहरु कोरोनाको खोप लगाउन डराइरहेको समयमा झन् यस्ता समाचारले शंका तथा डर उत्पन्न गरेको भन्दै रेजिना श्रेष्ठले प्रधानाङ्गविरुद्ध उजुरी दर्ता गराएकी हुन्।

सामाजिक सञ्जालमा काउन्सिलमा नाम दर्ता भएका चिकित्सकले नै अफवाह फैलाएको भन्दै उनलाई कारबाहीको पनि माग गरिएको छ।

उनले उजुरी पत्रमा लेखेकी छिन्, ‘डाक्टर आफैँले खोप लगाउनुपर्छ भनेर अरुलाई सल्लाह दिँदै गर्दा उक्त भिडियोबाट भने त्रास फैलाउने काम गरिरहेका छन्।’

काउन्सिलका रजिस्ट्रार कृष्णप्रसाद अधिकारीले उजुरीलाई मध्यनजर गर्दै इथिकल कमिटिमा पठाइएको बताए। ‘इथिकल कमिटिको बैठकले निर्णय गरेपछि मात्र सजाय हुने नहुने निर्णय हुन्छ,’ उनले भने।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको