ट्राफिक प्रहरीलाई सामाजिक अभियन्ताको नश्लीय टिप्पणी : ‘जातैले मधेशतिरको लाग्छ, उतै सरुवा गरिदिन्छौं’


विचार
आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट

आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता


काठमाडौं

मणिकान्त झा ट्राफिक प्रहरीका असई (प्रहरी सहायक निरीक्षक) हुन्।

सप्तरीका मणिकान्त अहिले काठमाडौं बग्गीखानामा कार्यरत छन्।

‘मणिकान्त ड्युटीको मामिलामा कडा र इमान्दार छन्,’ उनका सहकर्मीहरू भन्छन्।

अहिले उनै मणिकान्तको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। ट्राफिक प्रहरी सई मणिकान्तमाथि नश्लीय र रंगभेदी शब्द प्रयोग गरिएको भिडियो हो त्यो।

र, नश्लीय तथा रंगभेदी शब्द प्रयोग गर्नेहरू हुन आफूलाई ‘सामाजिक अभियन्ता’ भन्नेहरू।

सामाजिक सञ्जाल ट्विटरमा भाइरल भइरहेको त्यो भिडियोमा ट्राफिक प्रहरीमाथि रंगभेदी टिप्पणी गरिएको प्रष्ट सुनिन्छ।

सामाजिक अभियन्ताहरू प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई देखाउँदै भन्छन्, ‘उहाँजस्तो हुनुस्। त्यही भएर उहाँको पोजिसन छ। हामीलाई पनि कारबाही गर्नुपर्‍यो। तर, हामी उहाँलाई यहाँ बस्न दिँदैनौं। सरुवा एनिहाउ गर्छौं, त्यति हो।’

त्यसपछि इन्स्पेक्टरलाई ‘उहाँको नाम के हो’ भनेर उनीहरूले सोध्छन्।

छेउमा बसिरहेका मणिकान्त भन्छन्, ‘मेरो नाम मणिकान्त झा।’

त्यसपछि सुनिन्छ– ‘तपाईं मधेशी, अब उता मधेशतिर जाऊ। खेती किसानी गर्नू। ट्राफिकको जागिर खाएर काम छैन। आफ्नै घरतिर सजिलो हुन्छ।’

सामाजिक अभियान्ताहरूसँग कुरा गरिरहेका इन्स्पेक्टर मणिकान्तको तर्फबाट हात जोडेर माफी माग्दै बिदा माग्छन्।

घटना केही दिन अगाडि महाराजगन्जको हो। ड्युटीमा खटिएका मणिकान्तले निषेधाज्ञामा गाडी चेकजाँच गरिरहेका थिए। आफूलाई ‘सामाजिक अभियन्ता’ भन्नेहरूलाई रोकेर उनले सोधखोज गरे। उनीहरूले न पास देखाए न लाइसेन्स नै देखाउन सके। गाडीमा बसेका थिए ज्वाला संग्रौला, शर्मिला वाइबालगायत।

निषेधाज्ञामा उनीहरूले पास देखाउन नसकेपछि मणिकान्तले गाडी ‘होल्ड’ गराउन लगाए।

तर, प्रहरीले गाडी ‘होल्ड’ गराएपछि उनीहरूले आफूलाई अपमानित भएको ठाने र मणिकान्तले दुर्व्यवहार गरेको आरोप लगाए। र, यो विवाद पुग्यो ट्राफिक प्रहरी कार्यालयसम्म।

संग्रौलाको टोलीले असई मणिकान्तले साइबर मुद्दा लगाउँछु भनेको र अपशब्द प्रयोग गरेको अरोप लगाएका छन्।

तर, मणिकान्तले ‘आफूले अपशब्द प्रयोग नगरेको। गरेको भए तपाईंहरू खिचेको भिजुअल देखाउनुस्’ भनेका छन्।

भिडियोेमा मणिकान्तले भनेका छन्– ‘गाडी रोकेपछि उहाँहरूले भिडियो खिच्नुभयो। जथाभावी भिडियो खिच्ने? त्यसको दुरुपयोग भयो भने साइबर मुद्दा लगाउँछु भनेको। …साला भनेको छैन।’

ट्राफिक प्रहरीमाथि नश्लीय टिप्पणी गरेपछि सामाजिक सञ्जाल ट्विटरमा सामाजिक अभियन्ता संग्रौला टोलीको व्यापक आलोचना भइरहेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत