नारायणी नदी इतिहासकै उच्च विन्दुमा


विचार
आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट


नारायणी नदीको सतह इतिहासकै उच्च विन्दुमा पुगेको छ। नदीको सतह मंगलबार राति १०:५० बजे १०.४६ मिटर पुगेको हो। सो समयमा पानीको बहाव १ करोड ६४ लाख ५५ हजार लिटर प्रतिसेकेन्ड पुगेको थियो।

नारायणी बेसिन कार्यालय भरतपुका हाइड्रोलोजिस्ट रामविकेश रायले कार्यालयले सन् १९६२ फेब्रुअरी १० देखि जलस्तर मापन सुरु गरेको बताए। उनका अनुसार सन् १९७४ अगष्ट ५ मा नारायणीको जलस्तर १०.१ मिटर र १५ हजार ३०० घनमिटर प्रतिसेकेण्ड बहाव मापन गरिएको थियो।

सोही १०.१ मिटरलाई विगतमा उच्च विन्दु मानिँदै आइएको थियो। सो विन्दुको रेकर्ड मंगलबार राति तोडिएको उनले जानकारी दिए। रायले भने, ‘सन् १९६२ यताकै सबैभन्दा बढी गएराति मापन गरिएको छ।’

यसबीचको अवधिमा सन् २०१८ को वर्षातमा १४ हजार घनमिटर प्रतिसेकेण्ड बहाव र तह ९.६ मिटर रहेको उनले जानकारी दिए। सन् १९६३ देखि हालसम्मको तथ्यांकलाई हेर्दा नारायणीको शिरतर्फका क्षेत्रमा सबैभन्दा बढी पानी यस वर्ष परेको देखिन्छ। सन् २०१३ मा १३ हजार घनमिटर प्रतिसेकेण्ड नारायणीको बहाव मापन भएको थियो।

नारायणी नदीको खतराको तह आठ मिटर र बहाव ९ हजार ९९२ घनमिटर प्रतिसेकेण्ड रहेको छ। यसको चेतावनी तह ७.३ मिटर र ८ हजार ४६० घनमिटर प्रतिसेकेण्ड रहेको छ। रासस


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको