देशभरि बाढी–पहिरोको कहर : उद्धारमा सबैतिर सेनाको टोली


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


सिन्धुपाल्चोकको मेलम्चीमा फसेका दुईजनालाई सेनाले हेलिकोप्टरको सहायताले उद्धार गरेको छ। मेलम्ची बजारको एउटा होटलमा बसेका उनीहरू राति बाढी आएपछि थुनिएका थिए। छतमा पर्खिरहेका उनीहरूलाई सेनाले सुरक्षित स्थानमा ल्याएको हो।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा अहिलेसम्म सातजनाको मृत्यु पुष्टि भएको छ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले सातजनाको मृत्यु भएको जानकारी प्राप्त भएको र उद्धार कार्य जारी रहेको बताए।

उनले अन्य क्षति बाहिर आएजस्तो नभएको र यो तथ्यांक प्रहरीले पुष्टि गरेको बताए। पहिरो बस्तीमा नपसे क्षति कम हुन सक्ने भन्दै उनले नेपाली सेना र विपद प्राधिकरणको हेलिकप्टर उद्धारका लागि आइरहेको बताए।

बाढीका कारण केही बेपत्ता भएका बताइएको छ। मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले सो क्षेत्रमा ठूलो क्षति पुर्याएको बताइएको छ। बाढीले तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारमा असर पुगेको छ।

मेलम्ची नदीको बाढीले हेलम्बुमा रहेका सशस्त्रको क्याम्प पनि बगाएको छ। हेलम्बु गाउँपालिकाको किउलमा रहेको ट्राउट फर्म पनि बगाएको छ। बाढीका कारण विभिन्न क्षेत्रमा विद्युतसँगै सञ्चार सेवासमेत अवरुद्ध भएको छ।

सेनाले बाढीमा फसेकाहरूलाई उद्धार गर्नका लागि सिन्धुपाल्चोकमा हेलिकोप्टर पठाएको छ। सैन्य प्रवक्त्ता सन्तोष बल्लभ पौडेलका अनुसार सिन्धुपाल्चोकमा ५० जनाको सैन्य उद्धार टोली सडक मार्गबाट पुगिसकेको छ।

मनाङमा पनि सेनाको टोलीले मंगलबार केही मानिसलाई सुरक्षित ठाउँमा स्थानान्तर गरेको थियो। थप उद्धारका लागि पोखराबाट हेलिकोप्टर उडाउने तयरी भइरहेको पनि उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन शीर्ष नेताको बैठकः न्यूनतम साझा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने…

सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख शीर्ष नेताको

बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक