सिन्धुपाल्चोकमा विपत्तिका श्रृङ्खला : यस्ता छन् २०७१ यताका ठूला घटना


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं – सिन्धुपाल्चोकले पटकपटक वर्षेनीजसो विपत्तिका घटना बेहोर्दै आएको छ। भूकम्प होस् या बाढी पहिरो वर्षेनी हुने प्राकृतिक विपत्तिका कारण सयौंले ज्यान गुमाउने गरेका छन् भने कैयौं संरचनामा क्षति पुग्दै गएको छ। २०७२ को विनाशकारी भूकम्पपछि त झन पहिरो जाने घटना वृद्धि भएको छ।

यस्ता छन् २०७१ पछिका केही ठूला विपत्तिका घटना-

-२०७१ साउन १७ गतेको जुरे पहिरोमा परी १४५ जनाको मृत्यु, घर, विद्युत गृह, विद्यालय, रिसोर्ट, निजी व्यापारिक फर्म समेत १५३ घर पूर्णरूपमा क्षति

-२०७२ बैशाख १२, १३ र २९ गतेको विनाशकारी भूकम्पका कारण ३ हजार ५ सय ७१ जनाको मृत्यु, १ हजार ५ सय ६५ जना घाइते, ८ जना बेपत्ता, ७८ हजार ५ सय ३७ घर पूर्ण रुपमा क्षति

-२०७३ असार २१ गतेको भोटेकोशी बाढीले लिपिङ बजारका ३० घर बगायो, तातोपानी नयाँ बस्तीका ३० घरमा क्षति पुग्यो, अरनीको राजमार्ग बन्द

-२०७४ साउन ८ गते रातिको पहिरोले लार्चा पुल बगाउँदा भोटेकोशी र तातोपानीको सम्पर्क विच्छेद बन्यो। अरनीको राजमार्ग अवरुद्ध

-२०७५ भदौ २ गते राति साँधी खोलामा आएको पहिरोले पक्कीपुल बगायो, पहिरोले २२ घरमा लेदो पस्यो, १२ घर जोखिममा परे

-२०७७ असार २४ गते राति बाह्रबीसे नगरपालिका वडा नं ५ को जम्बु बजार पहिरोले पुरिँदा दुईजनाको मृत्यु, १७ जना बेपत्ता, २५ घर बस्न नमिल्ने गरी क्षतिग्रस्त, बाह्रबीसेकै खागदलमा बाढी पहिरोले बस्ती पुरिँदा २२ घर क्षतिग्रस्त बन्यो। भोटेकोशी गाउँपालिकाको बुल्कुटे पहिरोले एकजनाको मृत्यु भयो, तीनजना बेपत्ता। लार्चामा पहिरोले १३ घर क्षतिग्रस्त भएपछि गाउँ नै विस्थापित। अरनीको राजमार्गका खागदल र बुल्कुटेको दुईवटा पक्कीपुल क्षतिग्रस्त। लार्चाका विस्थापितलाई तातोपानीस्थित ड्राइपोर्टमा राखियो।

-२०७७ असार ३१ गते राति भोटेकोशी गाउँपालिकाको फुल्पिङगाउँमा खसेको पहिरोले एकै परिवारका पाँचजनाको मृत्यु भयो। तीन घर पूर्णरुपमा क्षतिग्रस्त बन्यो।

-२०७७ साउन १८ गते राति मेलम्ची नगरपालिकाको मेलम्ची बजार नजिकैको पहिरोमा परी नौजना मजदुरको मृत्यु। सोही राति बरुवामा घर पुरिएर दुईजनाको मृत्यु भयो।

-२०७७ साउन २२ गतेको अविरल वर्षाका कारण चौतारा साँगाचोकगढी नगरपालिका-२ सेराफाँटमा चार घर पुरिएर क्षति। बलेफी कात्तिके सडक अवरुद्ध। सयौं रोपनी धानखेत बगायो।

-२०७७ साउन ३० गते बिहान जुगल गाउँपालिका-२, गोल्चेस्थित लिदीमा गएको भिषण पहिरोमा ३७ घर पुरियो। पहिरोले पुरिएर बेपत्ता भएका ३९ जनाको मृत्यु।

-२०७८ असार २ गते अविरल वर्षापछि आएको बाढीका कारण सातजनाको मृत्यु


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा

उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान

साझा कार्यक्रमलाई अन्तिमरूप दिन आज पुन: कार्यदलको बैठक बस्दै

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज पुन: सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ। मंगलबार बसेको बैठकले कार्यक्रमलाई अन्तिमरूप दिन आज