ख्वप अस्पतालले सुरु गर्‍यो अक्सिजन उत्पादन


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


भक्तपुर–नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित) ले भक्तपुरको च्याम्हासिंहस्थित ख्वप अस्पतालमा स्थापना गरिएको अक्सिजन प्लान्टको उदघाटन गरेका छन्। मंगलबारबाट नै यहाँ अक्सिजन उत्पादन सुरु भएको छ। यसअघि परीक्षणका रुपमा अक्सिजन उत्पादन थालिएको थियो।

भक्तपुरलगायत देशका विभिन्न संस्था तथा व्यक्तिहरुबाट उठेको रकमबाट यहाँं अक्सिजन प्लान्ट राखिएको हो। यसका लागि हालसम्म करिव ६ करोड रुपैयाँं सहयोग प्राप्त भएको नगरपालिकाले जनाएको छ।

अहिले पनि दैनिक सयौं संघसंस्था र व्यक्तिहरुले सहयोग गर्दै आएका छन। सोचेभन्दा वढी सहयोग प्राप्त भएपछि नगरपालिकाले सहयोग रकमलाई अन्य स्वास्थ्य सामग्री खरिद गर्ने योजना बनाएको नगरपालिकाले जनाएको छ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनील प्रजापतिले ख्वप अस्पतालमा अक्सिजन प्लान्ट जडान भई अक्सिजन उत्पादन हुन थालेको जनाए। प्लान्टको परीक्षण सफल सफलतापूर्वक सम्पन्न भएको उनले बताए। अबका दिनमा भक्तपुरका कोभिड विरामीलाई अक्सिजनको अभाब नहुने उनले बताए।

यसअघि नगरपालिकाले अक्सिजन प्लान्टका लागि चाहिने सामानहरु चीनको छेन्दुस्थित कम्पनीबाट सिधा खरिद गरेको थियो । नगरपालिकाले सिधै कम्पनीमा सम्पर्क गरी त्यहाँको व्यवस्थापनसँग प्रस्ताव पेश गरी मोलमोलाई गरी खरिद गरेको नगरपालिकाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले