प्रदेश २ः महेन्द्रनारायण निधि आवास योजनाका लागि २० करोड विनियोजन


विचार
आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता

आयोमेल संवाददाता
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी

आयोमेल संवाददाता
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद


काठमाडौं

प्रदेश सरकारले स्वर्गीय महेन्द्रनारायण निधि आवास योजनाका लागि २० करोड रकम विनियोजन गरेको छ।

आगामी आर्थिक वर्षको आयव्ययको विवरण पेश गर्दै आर्थिक मामिलामन्त्री विजय यादवले महेन्द्रनारायण निधि आवास योजनका लागि २० करोड रूपैयाँ विनियोजन गरिएको जानकारी दिए।

योजनाअन्तर्गत गरीब तथा विपन्न ६४० परिवारका लागि आवासको व्यवस्था गरिने प्रदेश कांग्रेस संसदीय दलका नेता नवनियुक्त भौतिक पूर्वाधारमन्त्री रामसरोज यादवले घोषणा गरेका थिए।

निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि सरकारले २ अर्ब ३५ करोड रकम विनियोजन गरेको छ।

यसैगरी प्रत्येक निर्वाचन क्षेत्रमा ५ किमि पक्की सडक निर्माण कार्यलाई निरन्तरता दिँदै प्रदेश सरकारले आगामी आर्थिक वर्षमा ६७ करोड २० लाख रूपैयाँ विनियोजन गरेको छ।

सरकारले चुरे क्षेत्र संरक्षणका लागि १८ करोड ३६ लाख रूपैयाँ विनियोजन गरेको छ। यसैगरी सडक किनारमा ग्रीन बेल्ट निर्माण गर्न ७ करोड ३८ लाख र लोकतान्त्रिक आन्दोन तथा मधेश आन्दोलनका सहिदहरूको सम्मानमा स्मृति पार्क निर्माण गर्न १ करोड रूपैयाँ विनियोजन गरिएको छ।

प्रत्येक निर्वाचन क्षेत्रमा पोखरी संरक्षण र ग्रामीण पर्यटन प्रवद्र्धनका उद्देश्यले होमस्टे कार्यक्रम सञ्चालन गर्न १ करोड रूपैयाँ विनियोजन गरिएको मन्त्री यादवले बताए।

यसैगरी प्रदेशका सम्पदाहरुको संरक्षणका लागि १५ करोड, हरित एवं स्वच्छ प्रदेशको सपना सकार गर्न १६ वटै प्रादेशिक निर्वाचन क्षेत्रमा पार्क निर्माण गर्न १६ करोड र फन पार्क निर्माणका लागि १० करोड रूपैयाँ विनियोजन गरिएको छ।

मुख्यमन्त्री स्वच्छता अभियानलाई निरन्तरता दिँदै ३१ करोड र बेटी पढाउन बेटी बचाउ अभियानका लागि २० करोड रकम विनियोजन गरिएको छ।

यसैगरी गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंह र गजेन्द्रनारायण सिंहको स्मारक निर्माणका लागि ४ करोड तथा सहिद दुर्गानन्द झाको स्मारक निर्माणका लागि २ करोड विनियोजन गरिएको मन्त्री यादवले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रमलगायत समसामयिक राजनीतिमाथि छलफल भइरहेको बताइएको

भारतमा पुन: बढ्न थाल्यो कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण पुन: बढ्न थालेको छ। नयाँ भेरियन्टले भारतमा केही समययता सुस्त बन्न लागेको संक्रमणलाई पुन: बढाउँदै लगेको छ।