देशभर मनसुनको प्रभाव : लगातारको वर्षाले बाढीको सम्भावना, सतर्कता अपनाउन आग्रह


विचार
आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता

आयोमेल संवाददाता
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी

आयोमेल संवाददाता
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद


काठमाडौं – जल तथा मौसम विज्ञान विभागले लगातारको वर्षाका कारण बाढी आउनसक्ने भन्दै तटिय क्षेत्रका बासिन्दालाई सावधानी अपनाउन अनुरोध गरेको छ। देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाका साथै प्रदेश २ बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेश र सुदूरपश्चिमका केही स्थानहरुमा भारी वर्षाकोसमेत सम्भावना देखिएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको हो।

सोमबारदेखिको लगातारको वर्षा अझै रोकिएको छैन। हाल देशभर सामान्यदेखि पूर्ण बदली रही गण्डकी, लुम्बिनी र सुदुरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश न. २ को थोरै स्थानमा मेघगर्जन/चट्टयाङसहित वर्षा भइरहेको छ।

आजपन‍ि देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश २, बागमती, गण्डकी, लुम्बिनी कर्णाली तथा सुदूरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाकोसमेत सम्भावना रहेकाले सावधानी अपनाउन भनिएको छ।

लगातारको वर्षाले खोला तथा नदीहरुमा पानीको वहाव बढ्नसक्ने अनुमान गरिएको छ। नारायणी, कर्णाली र महाकाली नदीका जलाधार क्षेत्रमा रहेका सहायक नदीमा पानीको बहाव बढ्नसक्ने बताइएको छ। यस्तै कन्काई, कमला र बागमती नदीमा पनि बहाव बढ्ने अनुमान महाशाखाको छ। पूर्वी राप्ती, पश्चिम राप्ती, तिनाउ तथा बबईका स-साना नदी जलाधारमा बहाव बढ्ने र सतर्कता बिन्दुसम्म पुग्ने बताइएको छ।

आज कालीगण्डकी, भेरी र यसका सहायक नदीजलाधार लगायत प्रदेश २ को बारा, पर्सा, रौतहट, बागमती प्रदेशको रसुवा, सिन्धुपाल्चोक, नुवाकोट, काठमाडौं, चितवन, मकवानपुर, गण्डकी प्रदेशको गोरखा, लमजुङ, कास्की, पर्वत, बागलुङ, म्याग्दी, तनहुँ, स्याङ्जा, नवलपुर, लुम्बिनी प्रदेशको पारसी, पाल्पा, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, प्यूठान, दाङ, बाँके, बर्दिया, रुकुम, कर्णाली प्रदेशको सुर्खेत, सल्यान, दैलेख, जाजरकोट सुदूरपश्चिम प्रदेशको कञ्चनपुर, कैलाली, डडेल्धुरा, डोटी, अछाम, बाजुरा, बझाङ, दार्चुला र आसपास जिल्ला भई बहने स-साना नदीजलाधारमा बहाव उल्लेख्य बढ्ने र केहीमा आकस्मिक बहाव भई सतर्कता आसपास पुग्ने अनुमान विभागको छ।

मनसुन भित्रिएसँगै देशभर लगातारजसो पानी परिरहेको छ। यो हप्ता मनसुन सक्रिय भइ देशभर पानी पर्ने हुँदा बाढी र पहिरोको जोखिम रहेकाले सचेत रहन विभागले आग्रह गरेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रमलगायत समसामयिक राजनीतिमाथि छलफल भइरहेको बताइएको

भारतमा पुन: बढ्न थाल्यो कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण पुन: बढ्न थालेको छ। नयाँ भेरियन्टले भारतमा केही समययता सुस्त बन्न लागेको संक्रमणलाई पुन: बढाउँदै लगेको छ।