सुदूरपश्चिमको बजेट आज : २९ अर्ब हाराहारीमा आउने


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट आज ल्याउँदै छ। प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउने बजेट रु २९ अर्बको हाराहारीमा हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ।

प्रदेश सरकारले ल्याउन लागेको बजेट चालू आर्थिक वर्षको भन्दा कम आकारको हुने जनाइएको छ। प्रदेश सरकारले चालु आर्थिक वर्षमा साढे ३३ अर्बको बजेट ल्याएको थियो। मन्त्रालयका अनुसार आगामी बजेट २८ देखि २९ अर्बका बीचमा आउनेछ।

मन्त्रालयका अनुसार संघीय सरकारबाट प्रदेश सरकारले पाउने समानीकरण अनुदान र विशेष अनुदान कम हुनाका साथै चालू आर्थिक वर्षको बजेटमा बचतसमेत कम हुने देखिएकाले आगामी आर्थिक वर्षको बजेटको आकार घट्नेछ।

मन्त्रालयका सूचना अधिकारी खगेन्द्र साउँदले कोरोना महामारी रोकथामका लागि लामो समयसम्म जारी निषेधाज्ञाका कारण विकास निर्माणका योजनासमेत प्रभावित भएकाले चालु आर्थिक वर्षको बजेटमा रु डेढ अर्बदेखि रु २ अर्ब बचत हुने बताए। अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा कोरोना महामारी रोकथामका लागि भएको लकडाउनका कारण विकास निर्माणका योजनासमेत प्रभावित हुँदा रु १० अर्ब ५७ करोड बचत भएको जनाइएको छ।

चालु आर्थिक वर्षमा जारी निषेधाज्ञामा पनि प्रदेशमा विकास निर्माण कार्य नरोकिएकाले बजेट खर्च ९० प्रतिशतभन्दा बढी हुने मन्त्रालयका सूचना अधिकारी साउँदको भनाइ छ। मन्त्रालयले दिएको जानकारीअनुसार आगामी आर्थिक वर्षमा सबैभन्दा बढी बजेट भौतिक पूर्वाधार विकास मन्त्रालयलाई विनियोजन हुनेछ। सो मन्त्रालयले रु ८ अर्ब ४३ करोडको बजेट सिलिङ पठाएको छ। चालु आर्थिक वर्षमा भौतिक पूर्वाधार विकास मन्त्रालयको बजेट रु साढे ११ अर्बको रहेको छ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने तयारी गरेको छ। सामाजिक विकास मन्त्रालयका लागि रु ४ अर्ब ४५ करोड बजेट विनियोजन हुने मन्त्रालयका सूचना अधिकारी साउँदले बताए। चालु आर्थिक वर्षमा सामाजिक विकास मन्त्रालयको बजेट करिब रु ६ अर्बको छ।

यसैगरी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले रु २ अर्ब ३४ करोडको बजेट सिलिङ पाएको छ। उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले रु १ अर्ब ५० करोड, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई रु १ अर्ब १३ करोड, आन्तरिक मामिला तथा कानुन मन्त्रालयलाई रु ३७ करोड र आर्थिक मामिला तथा योजना मन्त्रालयलाई रु ३१ करोडको बजेट विनियोजन गर्ने तयारी गरिएको जनाइएको छ।

संघीय सरकारबाट आगामी आर्थिक वर्ष २०७८/७९ का लागि प्रदेश सरकारलाई समानीकरण अनुदानतर्फ रु ८ अर्ब ५४ करोड ४० लाख, ससर्ततर्फ रु ४ अर्ब १९ करोड ३३ लाख, विशेष अनुदानतर्फ रु ६१ करोड ३५ लाख र समपूरक अनुदानतर्फ रु १ अर्ब २२ करोड ९४ लाख विनियोजन गरिएको छ।

प्रदेश सरकारले आगामी आर्थिक वर्षमा संघीय सरकारबाट रु १० अर्ब ६३ करोड १७ लाख चालुतर्फ र रु ३ अर्ब ९४ करोड ८५ लाख पूँजीगततर्फ गरी जम्मा रु १४ अर्ब ५८ करोड २ लाख अनुदान पाउने जनाएको छ।

प्रदेश सरकारको आन्तरिक राजश्व परिचालनबाट रु ८० करोड, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगबाट रोयल्टी बाँडफाँडबापत प्राप्त रकम र चालु वर्षको बजेट बचतलाई समावेश गरी आगामी वर्षको बजेट निर्माण गरेको जनाइएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको