महाधिवेशन गर्न संवैधानिक संकट पर्दैन : सिटौला


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा



झापा–नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पार्टीको महाधिवेशन गर्ने अधिकार आफ्नै हातमा रहेको र आफैंले गर्ने भएकाले विचलित नहुन आग्रह गरेका छन्।

सोमबार कांग्रेस झापाले आयोजना गरेको भर्चुअल कार्यक्रममा बोल्दै नेता सिटौलाले पार्टी महाधिवेशन गर्न संवैधानिक संकट नपर्ने बताए। उनले साउनमा सुरु भएर भदौमा महाधिवेशन सम्पन्न गरेरै छाड्ने दृढता व्यक्त गरे।

पार्टीको तल्लो तहदेखि नै नेतृत्वको लागि प्रतिस्पर्धा हुने बताएका उनले प्रतिस्पर्धाबाट परिणाम निकालेपछि पार्टीमा एकता जरुरी हुने मत राखे।

‘महाधिवेशनमा आन्तरिक प्रतिस्पर्धा परिणाम निकाल्नका लागि हो, परिणाम आएपछि त्यो प्रतिस्पर्धा स्वतः सकिनु पर्छ, सकिन्छ,’ सिटौलाले भने, ‘संवैधानिक संकट नपर्ने गरी महाधिवेशन गर्ने पार्टीको काँधमा ऎतिहासिक जिम्मेवारी छ, त्यो पार्टीले पूरा गर्छ, नेता कार्यकर्ता कसैले पनि आत्तिनु पर्ने अवस्था छैन।’

सरकारका कारण देशमा संकट निम्तिएको जिकिर गरेका उनले राजनीतिक संकटबाट पनि मुलुकले मुक्ति पाउने विश्वास व्यक्त गरे।
सिटौलाले प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर गरेको संसद विघटनको निर्णय फेरि बदर हुने दाबी गरे। उनले संसद पुनःस्थापना भएपछि देशले राजनीतिक संकटबाट पनि मुक्ति पाउने दाबी गरे।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले