उपत्यकामा अब दैनिक रुपमा धारामा पानी नआउने


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं–काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले मङ्गलबारदेखि काठमाडौँ उपत्यकामा केही दिन बिराएर मात्रै पानी वितरण गर्ने भएको छ। मेलम्चीको पानी दुई महिना नआउने भएकाले त्यस अवधिमा दैनिक रुपमा धारामा पानी नआउने लिमिटेडले जनाएको छ।

मेलम्ची खानेपानी विकास समितिले असारदेखि दुई महिनासम्म सुरुङ परीक्षणका लागि लाग्ने जनाएको छ। त्यो अवधिमा उपत्यकाभित्रका स्रोतको मात्रै पानी वितरण गर्नुपर्ने भएकाले दैनिक वितरण गर्न नसकिएको हो। सैँबु पोखरीबाट १२ दिन, बालाजु पोखरीबाट बितरण हुने स्थानमा नौ दिन, मीनभवन, अनामनगर, महाँकालचौर र ठिमी बोडे आसपासका क्षेत्रमा सात दिन बिराएर पानी वितरण हुनेछ। त्यस्तै, बाँसबारी, पानीपोखरी, भक्तपुर चार दिन र कीर्तिपुर पानीपोखरीबाट वितरण हुने स्थानमा दुई दिन बिराएर बितरण गरिनेछ।

दुई महिना पहिलेदेखि उपत्यकामा मेलम्चीको पानी ल्याइएको थियो। दैनिक १७ करोड लिटर पानी आउँदा चक्रपथभित्रका धेरै स्थानमा स्थानीयबासीले दैनिक रुपमा पानी पाइरहेका थिए। रासस


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन शीर्ष नेताको बैठकः न्यूनतम साझा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने…

सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख शीर्ष नेताको

बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक