नरोत्तम वैद्यविरुद्ध दर्ता भएको मुद्दाको कांग्रेसले प्रतिवाद गर्छः इन्द्र बानियाँ


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं
बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध हत्या दुरुत्साहनकाे मुद्दा चलाइएको भन्दै कांग्रेस बागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको छ। वैद्यले सार्वजनिक रूपमै अभिव्यक्ति फिर्ता लिइसके पनि हत्या दुरुत्साहनको मुद्दा चलाइएको भन्दै कांग्रेस बागमती प्रदेश संसदीय दलले आपत्ति जनाएको हो।

नीति तथा कार्यक्रमको छलफलका क्रममा जेठ २८ गते प्रदेश सांसद वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै आफू नथुराम गोड्से बन्न तयार रहेको बताएका थिए।

अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि कांग्रेसले आत्मलोचना गरेर अभिव्यक्ति फिर्ता लिन वैद्यलाई भनेको थियो। वैद्यले प्रदेशसभा बैठकमा सभामुखसँग विशेष समय लिएर आत्मलोचना गर्दै उक्त अभिव्यक्ति प्रदेशसभाको रेकर्डबाट हटाउन अनुरोध गरेका थिए।

तर, वैद्यको अभिव्यक्तिले हत्याको दुरुत्साहन गरेको भन्दै नेकपा एमाले मकवानपुरको भातृ संगठन युवा संघ नेपालका एक नेताले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मुद्दा दायर गरेका थिए।

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्र बानियाँले अभिव्यक्ति फिर्ता लिइसके पनि प्रहरीले मुद्दा दर्ता गरेर कानुनविपरीत कार्य गरेको बताए।

‘प्रदेशसभाको कुनै माननीय, एमालेको सचेतक वा एमालेको संसदीय दलले निर्णय गरेर मुद्दा हाल्दा हुन्थ्यो,’ आयोमेलसँग बानियाँले भने,‘गैरकानुनी र गैरसंवैधानिक तरिकाले जुन मुद्दा हालिएको छ त्यो दुर्भाग्यपूर्ण छ।’

मुद्दा दर्ता गरेर प्रहरीले कानुन र संविधानको धज्जी उडाउने काम गरेको बताउँदै उनले कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन्।

यसैगरी कांग्रेस संसदीय दलका प्रवक्ता प्रभात गुरुङले संविधानको धारा १८७ ले बैठकमा प्रदेशसभा सदस्यलाई प्रश्न राख्ने स्वतन्त्रता दिएको जिकिर गरे।

‘धारा १८७ ले प्रदेशसभा सदस्यले कुनै पनि प्रश्न उठाउनसक्ने व्यवस्था गरेको छ,’ उनले थपे,‘प्रदेशसभा सदस्यले उठाएको प्रश्नविरुद्ध कुनै पनि उजुरबाजुर र अदालतमा मुद्दा नलाग्ने व्यवस्था छ।’

अभिव्यक्ति फिर्ता लिनुका साथै प्रदेशसभाको कारबाही सम्पन्न भइसकेको अवस्थामा मुद्दा दर्ता गरेर प्रहरीले गैरसंवैधानिक काम गरेको उनले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले