कोरोनालाई गिज्याउँदै परराष्ट्रमन्त्री निर्वाचन क्षेत्र सयरमा


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं-

कोरोना संक्रमण नियन्त्रण गर्न मुलुकका अधिकांश जिल्ला प्रशासन कार्यालयहरुले निषेधाज्ञा लगाएका छन्। घरभित्रै थुनिएर बसेका गरीब मजदूर निषेधाज्ञा अन्त्य भएको सूचना सुन्न आतुर छन्। संक्रमण अझै नियन्त्रणमा आउन नसकेपछि प्रमुख जिल्ला अधिकारीहरू निषेधाज्ञा लम्ब्याउँदै गइरहेका छन्।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता हरेक दिन दिउँसो टेलिभिजनमा आएर कोरोना नियन्त्रणका लागि स्वास्थ्य मापदण्ड पालना गर्न अनुनयविनय गरिरहेका हुन्छन्। भीडभाड नगर्न मन्त्रालयका प्रवक्ताले हरेकदिन सचेत गराइरहेका हुन्छन्।

जरूरी कामकै लागि घर बाहिर निस्कँदा निषेधाज्ञा उल्लंघन गरेको भन्दै सर्वसाधारणलाई ‘होल्ड’ गरेर राख्नु त सामान्य नै भइसकेको छ।

तर, स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य मापदण्डलाई गिज्याउँदै नवनियुक्त उपप्रधान एवं परराष्ट्रमन्त्री रघुवीर महासेठले तामझामका साथ निर्वाचन क्षेत्र सयर गरेका छन्। र, उनलाई सुरक्षा दिइरहेका छन् निषेधाज्ञा पालना गर्न लगाउने सुरक्षा निकाय।

परराष्ट्रमन्त्री नियुक्त भएपछि तीन दिनअघि गृहनगर पुगेका महासेठ कोरोना महामारी र निषेधाज्ञाकै बीच पुल शिलान्यासदेखि स्वागत सत्कार ग्रहण गर्न व्यस्त भए।

महासेठ पुग्ने भएपछि धनुषा निर्वाचन ४ स्थित मिथिला विहारी नगरपालिकाले उनको स्वागतमा चार ठाउँमा स्वागतद्वार बनायो। श्रीमती जुली महतोसँग धनुषा पुगेका महासेठलाई मिथिला नगरपालिकाले स्वागत गरेको थियो।

केही दिनअघिमात्र प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद विस्तार गर्दा श्रीमती महतो मन्त्रीबाट हटेपछि महासेठ उपप्रधानमन्त्रीसहित परराष्ट्रमन्त्री बनेका हुन्।

कोरोना संक्रमण रोकथाम गर्न स्वास्थ्य मापदण्ड पालना गर्न र भीडभाड नगर्न सरकारले नै भनिरहेका बेला सरकारकै मन्त्रीले भीडभाड गरेपछि स्थानीयले आलोचना गरेका छन्।

परराष्ट्रमन्त्री महासेठले आफ्नो निर्वाचन क्षेत्रको मिथिलेश्वर मौवाही, सवैलालगायतका स्थानमा पुलको शिलान्यास गर्नुका साथै कार्यकर्ता समर्थक भेला गरेर चियापान कार्यक्रम गर्नसमेत भ्याए्।

हाटबजार र पसल सञ्चालनमा रोक लगाएको प्रहरी प्रशासनकै आडमा स्वास्थ्य मापदण्ड गिज्याउने काम भइरहेको स्थानीय लक्ष्मी साहुको भनाइ छ।

तर, उपप्रधान तथा परराष्ट्रमन्त्री रघुवीर महासेठ भने आफ्नो आलोचना गर्नेहरूले नयाँ इस्युमात्र खोजेको भन्दै यसको कुनै तुक नरहेको बताउछन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन शीर्ष नेताको बैठकः न्यूनतम साझा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने…

सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख शीर्ष नेताको

बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक