१ खर्ब बढीका सामान निर्यात, साढे १२ खर्बका आयात


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं-

कोरोना भाइरस महामारीबीच नेपालबाट १ खर्ब रुपैयाँभन्दा बढी मूल्यका वस्तु निर्यात भएका छन्। गत वर्ष साउनबाट वैशाखभित्र १ खर्ब ८ अर्ब ४८ करोड रुपैयाँबराबरका वस्तु विभिन्न देश निर्यात भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।

केन्द्रीय बैंकले चालू आर्थिक वर्ष २०७७–७८ को १० महिनाको तथ्यांक समेटेर सोमबार सार्वजनिक गरेको ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार गत १० महिनामा वस्तु निर्यात ३२.२ प्रतिशतले बढेको हो। अघिल्लो आर्थिक वर्ष सोही अवधिमा यस्तो वृद्धि ४.५ प्रतिशतमात्र थियो।

राष्ट्र बैंकका अनुसार गन्तव्यका आधारमा भारततर्फ ३५.८ प्रतिशत र अन्य मुलुकतर्फको निर्यात २५.३ प्रतिशतले बढेको छ। उत्तरी छिमेकी चीनतर्फ भने निर्यात १८.४ प्रशितले गिरावट आएको छ।

वस्तुगत आधारमा सोयाबिन तेल, अलैंची, जुटका सामान, धागो (पोलिस्टर तथा अन्य), ऊनी गलैंचालगायत वस्तु निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, तार, चोकरलगायत वस्तुको निर्यात घटेको छ।

गत १० महिनामा कूल वस्तु आयात २२.३ प्रतिशतले बढेर १२ खर्ब ५४ अर्ब ११ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा आयात १३ प्रतिशतले घटेको थियो।

वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात २९.८ प्रतिशतले र चीनबाट १७.२ प्रतिशतले बढेको छ भने अन्य मुलुकबाट भएको आयात पनि ६.२ प्रतिशतले बढेको छ।

वस्तुगत आधारमा यातायातका साधन तथा पार्टपुर्जा, कच्चा सोयाबिन तेल, एमएस बिलेट, चामल, दुरसञ्चारका उपकरण तथा पार्टपुर्जा लगायत वस्तुको आयात बढेको छ भने हवाईजहाजका पार्टपुर्जा, कच्चा पाम तेल, पेट्रोलियम पदार्थ, भिडियो, टेलिभिजन तथा पार्टपुर्जा, चाँदीलगायत वस्तुको आयात घटेको छ।

१० महिनामा कूल वस्तु व्यापार घाटा २१.५ प्रतिशतले बढेर ११ खर्ब ४५ अर्ब ६३ करोड पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो घाटा १४.२ प्रतिशतले घटेको थियो। समीक्षा अवधिमा निर्यात–आयात अनुपात ८.६ प्रतिशत पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा ८ प्रतिशत थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले