काँकरभिट्टा बसपार्क क्षेत्रकाे टहरा निर्माण रोक्न व्यवसायीको माग


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


झापा–मुलुकको पूर्वी सीमानाका मेचीनगर नगरपालिका ६ को काँकरभिट्टा बसपार्क क्षेत्रकाे टहरा निर्माण रोक्न यहाँका व्यापारी व्यवसायीले माग गरेका छन्। विगतमा बजार क्षेत्रबाट हटाइएका फुटपाथ पसललाई बसपार्क क्षेत्रमा टहरा उपलब्ध गराउन नगर नेतृत्व लागेपछि व्यवसायीले त्यसको विरोध गरेका हुन्।

यातायात व्यवसायीले विज्ञप्ति निकालेर बसपार्क क्षेत्र अतिक्रमण गरी टहरा निर्माण गर्न नहुने जनाएका हुन्। उनीहरूले काँकडभिट्टा बसपार्क मुलुककै व्यस्तमध्येको एक भएकाले त्यसलाई फराकिलो र व्यवस्थित बनाइनुपर्ने तर्क अघि सारेका छन्।

विभिन्न १२ वटा यातायात व्यवसायी, होटल व्यवसायी संघ मेचीनगर तथा ट्राभल्स संघ झापासहित १४ वटा संघसंगठनका अध्यक्षले नगरपालिकाले सरोकारवालासँग कुनै समन्वय नगरी काम अघि बढाएको भन्दै आपत्ति जनाएका हुन्। टहरा निर्माण गरिँदा बसपार्क क्षेत्र साँघुरो हुने उनीहरूकाे जिकिर छ।

त्यहाँ ३६ भन्दा बढी कोठासहितको सटर निर्माण भइरहेको छ। ती संघसंगठनले फुटपाथ पसले, खुद्रा व्यापारीलगायतलाई बसपार्कको उत्तरतर्फको स्थानमा ट्रस निर्माण गरी वैकल्पिक व्यवस्थापन गर्न नगरपालिका नेतृत्वलाई सुझाएका छन्। व्यवसायीले हालको मिनी मार्केटलाई व्यवस्थित सपिङ सेन्टर बनाइ सयौँ पसलको व्यवस्थापन गर्न सकिने दाबी गर्दै हाल भइरहेको बसपार्क अतिक्रमण रोक्न एकीकृत आवाज उठाएका हुन्।

यस्तो छ तयारी
काँकरभिट्टा बजार र बसपार्कको सडक क्षेत्र तथा एशियन हाइवे बिस्तार गर्ने क्रममा विस्थापित भएका फुटपाथ व्यवसायीलाई बसपार्क क्षेत्रमा टहरा निर्माण गरी व्यवस्थापन गर्ने योजना नगरपालिकाको छ।

काँकरभिट्टा क्षेत्रका सडकमा थापिने अव्यवस्थित पसलले सहरको सौन्दर्यता नै बिगारेपछि नगरपालिकाले गतवर्ष सडकपेटीमा रहेका सबै पसल हटाएको थियो। एशियन हाइवे निर्माणका क्रममा केही पसल विस्थापित भएका थिए। नगर प्रमुख विमल आचार्यले फुटपाथमा पसल गर्नेसँग विगतमा भएको सहमति अनुसार नै उनीहरुको समुचित व्यवस्थापनका लागि टहरा निर्माण थालिएको बताए।

उनले काँकरभिट्टाको नेपाल बैंक लिमिटेड रहेको भवन पछाडि रहेको खाली जग्गामा टहरा निर्माण निर्माण भइरहे पनि व्यवसायीले बसपार्कको कुरा निकालेर झमेला गर्न खोजेको आरोप लगाए। उनले उसबेला नगरमा क्रियाशील राजनीतिक दलका प्रतिनिधिसमेत बसेर खुद्रा व्यापार संघमा आवद्ध भएकाका लागि सुरक्षित स्थानमा राख्ने मौखिक सहमति अनुसार नै काम भइरहेको जानकारी दिए।

‘सुन्दर सहर निर्माण, नगरबासीको समुचित व्यवस्थापनमा नगर नेतृत्व संवेदनशील छ’ नगर प्रमुख आचार्यले भने, ‘बसपार्क क्षेत्रमा निर्माण भइरहेको टहराको बिषयमा बाहिर आएको हल्ला नकारात्मक टिप्पणी मात्रै हो।’ फुटपाथका व्यवसायीसँग विगतमा जनाइएको प्रतिवद्धता अनुसार नगरपालिकाले बसपार्क क्षेत्रमा टहरा निर्माण गरिरहेको उनले बताए।

तत्काल नगरपालिकाले करिब १२ लाखको लगानीमा अस्थायी टहरा निर्माण गर्ने, पछि व्यवस्थित भवनसहितको मिनी मार्केट निर्माण गर्ने योजनासहित काम भइरहेको प्रमुख आचार्यले बताए। टहरा निर्माणले हालको बसपार्क क्षेत्रमा कुनै असर नपर्ने समेत उनले स्पष्ट पारे।

टहरा निर्माण गर्दा बसपार्क क्षेत्र तथा पार्किङ स्थल कतै असर नपरोस् भन्नेमा आफूहरू सचेत रहेको उल्लेख गर्दै प्रमुख आचार्यले बसपार्क नजिकको शौचालयसँगै जोडिएको खाली जमिनलाई समेत सदुपयोग गर्न नगरपालिकाले टहरा निर्माण कार्य सुरु गरेको जनाए। मेचीनगर ६ का वडाध्यक्ष ललित तमाङले गतवर्ष सडक बिस्तार गर्दा आर्थिक अवस्था कमजोर भएका, वर्षौंदेखि सडकपेटीमा नाङ्गलोमा पसल गरी जीविका चलाउँदै आएकाहरुलाई नगरपालिकाले विचल्ली पारेको भन्दै व्यवसायीले विरोध गरेपछि उनीहरूलाई त्यहाँ व्यवस्थापन गर्ने सहमति भएको जनाए। उनले टहरा निर्माण भएपछि पसलेसँग निश्चित भाडा लिएर सहुलियतमा टहरा प्रयोग दिइने जनाए ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा

उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान

साझा कार्यक्रमलाई अन्तिमरूप दिन आज पुन: कार्यदलको बैठक बस्दै

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज पुन: सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ। मंगलबार बसेको बैठकले कार्यक्रमलाई अन्तिमरूप दिन आज