बिर्तामोडको फोहोरमैला व्यवस्थापनको जिम्मा काठमाडौंको कम्पनीलाई


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


झापा–झापाको बिर्तामोड नगरपालिकाको फोहोर व्यवस्थापनको जिम्मा काठमाडौंको कागेश्वरी नगरपालिका ८ मनोहरास्थित निराकार सरसफाइ सेवा प्रालिले पाएको छ। असार १ गतेदेखि निराकारले तीन वर्षका लागि सो जिम्मेवारी पाएको हो।

नगरपालिकाले कार्यविधि र ऎन बनाएर स्वच्छ, सफा , हराभरा बनाउने जिम्मेवारी निराकारलाई दिएको हो। तोकेको मापदण्ड पूरा गरेपछि निराकार छनोट भएको जनाइएको छ । त्यसका लागि बिर्तामोड नगरपालिकाले दुईपटक सार्वजनिक सूचना गरेको थियो। पहिलो पटकको सूचनामा निराकारसहित दुई कम्पनीका निवेदन परेका थिए।

ती निवेदन तोकिएको मापदण्डभित्र नपरेको भन्दै नगरपालिकाले दोस्रोपटक सूचना निकालेको थियो। दोस्रो सूचनामा निराकारले मात्रै निवेदन दिएको थियो। दोस्रो निवेदनमा मापदण्ड पुर्‍याएपछि फोहोरो व्यवस्थापनको जिम्मेवारी निराकारलाई दिइएको नगरपालिकाले जनाएको छ। नगरपालिका र निराकारबीच सोमबार सम्झौता भएपछि मंगलबारदेखि निराकारले फोहोर व्यवस्थापन गर्न थाल्ने छ। निराकारले १० लाख धरौटी राखेर काम गर्ने जिम्मेवारी लिएको सम्झौतापत्र आदानप्रदान कार्यक्रममा बताइयो।

नगरपालिकाको फोहोर व्यवस्थापनमा अहिले प्रयोग गरिरहेको चार वटा ट्याक्टर निराकारले प्रयोग गर्न पाउँने छ । फोहोर व्यवस्थापनमा अहिले खटिएका १९ कर्मचारीको मासिक तलब भुक्तानी गर्ने दायित्व पनि निराकारको हुनेछ। त्यसमा चार ट्याक्टर चालक र १४ अन्य कर्मचारी रहेका छन् । उनीहरूले मासिक १५ हजार तलब पाउने गरेका छन्। निराकारले सवारी साधन चलाए बापत नगरपालिकालाई भाडा तिर्नेछ।

यस्तो छ योजना
निराकारले फोहोरमैला व्यवस्थापन गरेबापत नगरबासीसँग सरसफाइ मासिक शुल्क लिनेछ। अढाइ तलासम्म घर भएको एक परिवारले मासिक १९० रुपैयाँ तिर्नुपर्नेछ। तला बढी भए प्रतितला थप ५० रुपैयाँ तिर्नु पर्नेछ। सबैभन्दा बढी सिनेमा हल र वधशालासहितको मासु पसलले प्रतिट्रक २५ सयसम्म तिर्नु पर्नेछ। पार्टी प्यालेस, भोज आयोजना स्थललले प्रतिट्रक २९ सयसम्म तिर्नु पर्ने नियम बनाइएको छ। नगरबासीले अनिवार्य सदस्य बन्नु पर्ने, सदस्य नबन्ने व्यक्ति वा संस्थाले उत्सर्जन गरेको फोहोर निराकारले व्यवस्थापन नगर्ने जनाइएको छ।

फोहोर व्यवस्थापन सहमतिपत्र आदानप्रदान कार्यक्रममा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, बिर्तामोड ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, नगरपालिकाका प्रमुख कार्यकरी अधिकृत गणेशप्रसाद दाहाल, वरिष्ठ कार्यक्रम अधिकृत जय तिम्सिना, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटी र निराकारका प्रमुख रविन भट्टराईले बोलेका थिए। प्रमुख शिवाकोटीले फोहोर व्यवस्थापन गर्ने अनुशासन आफूहरूमा नभएको उल्लेख गर्दै जिम्मेवारी दिने प्रक्रिया पुर्‍याउन साढे तीन वर्ष लागेको बताए।

चेतना नआएसम्म सहर सफा नहुने भन्दै शिवाकोटीले आफ्नो ठाउँ स्वर्ग वा नर्क हुनुमा जनचेतना प्रमुख हुने तर्क गरे। उनले निराकार कार्यविधि बाहिर गए कारबाही गर्ने चेतावनी दिए। निराकारका भट्टराईले बिर्तामोडको फोहोर व्यवस्थापनको कार्यलाई पाइलट प्रोजेक्टका रूपमा व्याख्या गरे । उनले सम्झौता अघि गर्नु पर्ने काम नै गर्न नसकेको कार्यक्रममा नै स्वीकारे। वडाध्यक्ष कन्दङ्वाले फोहोर व्यवस्थापन चुनौतीको रूपमा रहेको बताए। फोहोरमैला व्यवस्थापनको स्थायी डम्पिङ स्थल नभएको बिर्तामोडमा डोमालाल रंगशाला पश्चिमको खाली जमिनमा फोहोरमैला थुपार्ने र गाड्ने गरिँदै आएको छ। निराकारलाई व्यवस्थापनको जिम्मा दिइए पनि डम्पिङ साइटको अभावमा कार्यक्रम सफल हुनेमा नगरबासीले आशंका व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
खोप केन्द्रमा ७७ वर्षीय राईको त्यो पाँच घण्टाको छटपटी…

हुन त उनको पालो आओस् पनि कसरी? उनको नाम कागजमा टिपेर सुटुक्क भित्र पुर्‍याई खोप कार्डमा नाम लेखेर बाहिर ल्याइदिने

गृहमन्त्री खाँण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा मंगलबार साँझ भएको

चीनमा यात्रा प्रतिबन्धमा कडाइ, केही ठाउँका हवाइ र रेलसेवा बन्द

काठमाडौ‌ – कोरोना संक्रमणलाई रोक्न चीनले यात्रा प्रतिबन्धलाई कडा बनाएको छ। चीनका ३१ राज्यका बढी भिडभाड हुने स्थानमा रेल तथा

अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको