कोरोना नियन्त्रणमा सरकारले प्रभावकारी भूमिका खेल्न सकेन : सुजाता कोइराला


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं–नेपाली कांग्रेसकी नेत्री सुजाता कोइरालाले कोरोना नियन्त्रणका लागि सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लगाएकी छन्।

गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले आइतबार साँझ आयोजना गरेको ‘नेपालमा कोरोनाको सङ्कट, रोकथामका उपाय र जीवनरक्षाका लागि हाम्रो जिम्मेवारी के हो?’ विषयक भर्चुअल अन्तक्र्रियामा उनले कोरोना नियन्त्रणका लागि सरकारले खोप खरीदलाई प्राथमिकता दिनुपर्ने बताएकी हुन्।

‘अनुदानमा ल्याएरमात्र कोरोना खोप सबै जनतासामु पुग्न सक्दैन सरकारले कोरोना भ्याक्सिन खरीदलाई प्राथमिकता दिनुपर्छ’, उनले भनिन्। फाउण्डेशनकी केन्द्रीय अध्यक्षसमेत रहेकी नेत्री कोइरालाले कोरोना महामारीका कारण दैनिक लाखौँ श्रमिक रोजगारविहीन भएको उल्लेख गर्दै यस्ता जनतालाई सरकारले राहतको व्यवस्था गर्नुपर्नेमा जोड दिइन्। उनले सबै मिलेर कोरोना सङ्क्रमण नियन्त्रणमा लाग्नुपर्ने बताइन्।

फाउण्डेशन अमेरिका शाखाका अध्यक्ष सोमनाथ घिमिरेले फाउण्डेशनले समसाययिक घटनाक्रमका बारेमा निरन्तर बहस गर्दै आइरहेको बताए। गत वर्षको कोरोना सङ्क्रमणपछि फाउण्डेशनले हालसम्म विभिन्न विषयमा ३७औँ पटक बहस गरिसकेको अध्यक्ष घिमिरेको भनाइ छ।

फाउण्डेशन अमेरिका शाखाका प्रवक्ता रामचन्द्र अधिकारीले कोरोनाबाट पीडित व्यक्तिलाई अमेरिका शाखाले शुरुआती दिनदेखि नै सहयोग गर्दै आएको बताए। हालसम्म अमेरिका शाखाले ५५ हजार प्याकेट खाना, दूध, मास्क र स्यानिटाइजर सहयोग गरेको उनको भनाइ थियो।

कार्यक्रममा फाउण्डेशन अमेरिका शाखाका उपाध्यक्ष सुवर्ण लामा, फाउण्डेशन युवा तथा खेलकूद विभागका संयोजक गुणराज प्याकुरेल, फाउण्डेशनका केन्द्रीय सदस्य एलिजा गुरुङ, कान्तिपुर मिडिया गुप्रका पत्रकार सञ्जु पौडेलगायतले कोरोना खोप पर्याप्त मात्रामा जनतामाझ पुर्‍याउन सकेमात्र महामारी रोकथाममा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुन्छ, हल्लाको पछि नलाग्नुस्…

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै मितिमा हुने स्पष्ट पारेको छ। बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले केही सञ्चार माध्यममा

उच्च जोखिममा रहेका घरमा नबस्न आग्रह

गत असार १ गतेदेखि आएको बाढीले नदीतटीय घर बस्तीमा क्षति पुर्‍याएको बेलासमेत स्थानीय सरकारले बेवास्ता गरेको भन्दै आलोचना भइरहेको बेला

अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान

साझा कार्यक्रमलाई अन्तिमरूप दिन आज पुन: कार्यदलको बैठक बस्दै

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज पुन: सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ। मंगलबार बसेको बैठकले कार्यक्रमलाई अन्तिमरूप दिन आज