तेस्रो लहरको जोखिममा बालबालिकाः न डब्लुएचओले भनेको हो, न मन्त्रालयसँग आधिकारिक कारण छ


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडाै‍ं-

गत जेठ २१ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो लहर सुरु हुनसक्ने र बालबालिका बढी संक्रमित हुने भन्दै तयारी अवस्थामा रहन देशभरका स्वास्थ्य संस्थालाई निर्देशन दियो। र, सोही अनुसार बालबालिकाका लागि २० प्रतिशत बेड छुट्याउन र आईसीयू तथा भेन्टिलेटरको सुविधालाई पनि तयार अवस्थामा राख्न निर्देशन दियो।

भाइरसको बदलिँदो रुप र अन्य राष्ट्रहरुमा फैलिरहेको संक्रमणको दरले पनि तेस्रो लहर निम्त्याउँछ भन्ने अनुमान लगाउन सहज छ। तर के आधारमा बालबालिकालाई नै असर गर्छ र गम्भीर बनाउँछ भन्ने बारेमा सरकारसँग आधिकारिक कारण छैन।

न त विश्व स्वास्थ्य संगठनले आउँदो कोरोना संक्रमणको लहरले बालबालिकालाई बढी संक्रामक बनाउँछ भनेर केही भनेको छ, न त स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै अध्ययन अनुसन्धानका आधारमा भनेको हो।

विभिन्न अध्ययनका अनुसार तेस्रो लहरमा बालबालिकाहरु बढी संक्रमित भएर गम्भीर विरामी हुने कुनै पनि आधार छैनन्।

भारतको ‘द ल्यान्सेट कोभिड–१९ कमिसन इन्डिया टास्क फोर्स’ ले हालै सार्वजनिक गरेको एक अध्ययनमा बालबालिकाहरु तेस्रो लहरमा गम्भीर विरामीहरु हुने कुनै तथ्य नभएको बताइएको छ।

अध्ययनमा पहिलो कोरोना लहरमा जति बालबालिका विरामी भए, दोस्रो लहरमा पनि उत्तिकै संख्यामा बालबालिकाहरु संक्रमित भएको पाइएको छ।

पहिलो लहरभन्दा दोस्रो लहर बढी संक्रामक भए पनि बालबालिकाहरुमा संक्रमण दरमा भने कुनै पनि परिवर्तन नभएको अध्ययनले जनाएको छ।

अध्ययन अनुसार पहिलो लहरको कोरोना संक्रमणका कारण १० वर्षभन्दा मुनिका बालबालिकाको मृत्युदर २‌.४ प्रतिशत थियो भने विभिन्न रोग र कोरोना संक्रमण भएका बालबालिकाको मृत्युदर भने ४० प्रतिशत थियो। त्यस्तै ९ प्रतिशत बालबालिकाहरु गम्भीर विरामी भएका कारण अस्पताल भर्ना हुनुपरेको थियो।

दोस्रो लहरको कोरोना संक्रमणमा पनि उक्त संख्यामा कुनै परिर्वतन नभएको जनाइएको छ।

तथ्याङकलाई विश्लेषण गर्दा ५ प्रतिशत बालबालिकालाई मात्र कोरोना संक्रमणका कारण अस्पताल भर्ना गर्नुपरेको पाइएको छ भने मृत्युदर २ प्रतिशतमात्र रहेको छ।

वयस्क र बालबालिकाहरुमा संक्रमणको दर तुलना गर्दा बालबालिकाहरुको संख्या एकदमै न्यून रहेको छ।

त्यस्तै, कोरोना संक्रमणका सबैभन्दा बढी बालबालिकाहरुको मृत्यु ब्राजिलमा भएको छ, जहाँ १० वर्ष मुनिका २२ सय बालबालिकाले ज्यान गुमाए। तर, ४,८६,३५८ मृत्युको संख्यामा बालबालिकाहरुको मृत्यु कम रहेको छ।

अमेरिकामा पनि ६,१४,९५५ कूल मृत्युमध्ये ६२० जना ४ वर्ष मुनि र ३८३ जना ५ देखि १४ वर्षसम्मका बालबालिकाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक हेर्ने हो भने नेपालमा पहिलो लहरमा १८ वर्ष मुनिका २१,५२३ बालबालिका संक्रमित भएका थिए भने दोस्रो लहरमा २७,१०२ बालबालिका हालसम्म संक्रमित भएका छन्।

त्यस्तै पहिलो लहरमा ३८ जनाको मृत्यु भएको थियो भने दोस्रो लहरमा हालसम्म २९ जनाको निधन भएको छ।

बालबालिकाहरुमा संक्रमण र मृत्यु हुनुमा कोरोना भाइरसको प्रकारले पनि फरक पर्ने अक्सफोर्ड विश्वविद्यालय अस्पतालका बालचिकित्सक अमित गुप्ताले बताएका छन्।

एक अन्तर्वार्तामा उनले बालबालिकाहरुमा संक्रमण हुनुमा उनीहरुका परिवारका सदस्य पनि कारक भएको बताए।

‘हालसम्म बालबालिकाहरुलाई कोरोना संक्रमण पहिले भएको र पछि ठूला परिवारका सदस्यहरुलाई सरेको प्रमाण छैन। तर परिवारलाई कोरोना संक्रमण भएपछि नै बालबालिकाहरुलाई संक्रमण भएको पाइएको छ,’ उनले भने।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
खोप केन्द्रमा ७७ वर्षीय राईको त्यो पाँच घण्टाको छटपटी…

हुन त उनको पालो आओस् पनि कसरी? उनको नाम कागजमा टिपेर सुटुक्क भित्र पुर्‍याई खोप कार्डमा नाम लेखेर बाहिर ल्याइदिने

गृहमन्त्री खाँण र मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौं – गृहमन्त्री बालकृष्ण खाँण र प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ। गृह मन्त्रालयमा मंगलबार साँझ भएको

चीनमा यात्रा प्रतिबन्धमा कडाइ, केही ठाउँका हवाइ र रेलसेवा बन्द

काठमाडौ‌ – कोरोना संक्रमणलाई रोक्न चीनले यात्रा प्रतिबन्धलाई कडा बनाएको छ। चीनका ३१ राज्यका बढी भिडभाड हुने स्थानमा रेल तथा

अष्ट्रेलियाविरुद्धको टी-२० मा बंगलादेशलाई ऐतिहासिक जित

बंगलादेशले अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-२० सिरिजअन्तर्गत पहिलो खेलमा ऐतिहासिक जित निकालेको छ। बंगलादेशले टी-२० मा पहिलो पटक अष्ट्रेलियालाई पराजित गरेको