माधव नेपालसहितको स्थायी कमिटी बैठक बोलाउने ओलीको तयारी


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं – सत्तारुढ नेकपा एमालेको संस्थापन पक्षले असन्तुष्ट पक्षका मागमा लचकता अपनाउँदै २०७५ जेठ २ कै संरचना अनुसार स्थायी कमिटीको बैठक डाक्ने तयारी गरेको छ।

आफ्ना हरेक कदम विफल हुँदै गएपछि कमजोर महशुस गर्न थालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालसहितको स्थायी कमिटी बैठक बोलाउने तयारी गरेका हुन्।

एमाले श्रोतका अनुसार असार २ गते बैठक डाक्ने तयारी भइरहेको छ। यद्यपि, आधिकारिक पत्राचार भने भइसकेको छैन।

पहिलो तहका नेता संवादका लागि तयार नरहेको अवस्थामा दोस्रो तहका नेताले लिएको पहल र पछिल्लो समय प्रदेशको सत्ता समीकरणमा भएको हलचलले एमालेलाई मिल्नका लागि थप दबाब बढाएको छ।

प्रदेशको निर्वाचनपछि चारवटा प्रदेशमा एमालेको सरकार बनेको थियो। तर, एमाले विवाद बढ्दै जाँदा सबैभन्दा पहिला निकै बलियो मानिएको गण्डकी प्रदेश सरकारको नेतृत्व एमालेको हातबाट गुमेको छ। गण्डकीमा प्रतिपक्षी कांग्रेस सत्ताको बागडोर सम्हाल्न पुगेको छ। जसले अध्यक्ष ओलीलाई निकै झड्का दिएको उनका निकटस्थहरु बताउँछन्।

यसबाहेक अन्य प्रदेशमासमेत विपक्षीले क्षेप्यास्त्र प्रहार गर्नसक्ने र त्यसमा एमालेकै असन्तुष्ट पक्षको साथ रहनसक्ने भएकाले बाँकी प्रदेशमा पनि एमालेले सत्ता गुमाउने डर ओलीलाई छ।

त्यसैले ओली जेठ २ कै अवस्थाको बैठक राख्न तयार हुन लागेको बुझिएको छ।

बागमती र प्रदेश १ को सहमतिले थप दबाब

केन्द्रीय नेतृत्व एमाले विवाद समाधानका लागि संवेदनशील नबन्दा प्रदेश सरकारहरु धर्मराउने अवस्थामा पुगेका थिए। जसले नीति तथा कार्यक्रम पारित हुने अवस्थासमेत थिएन। तर, दोस्रो तहका नेताको चतुर्‍याइँले प्रदेश १ र बागमतीमा बहुमतले नीति तथा कार्यक्रम पारित भएको छ। र अब बजेट पनि बहुमतले पारित गर्ने सम्बन्धमा एमाले प्रदेशमा एक ढिक्का बनेको छ।

जुन, केन्द्रीय नेतृत्वका लागि दबाबका रुपमा रहेको ओली पक्षका नेतासमेत रहेका प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की बताउँछन्।

‘नेकपा(एमाले)लाई एकताबद्ध बनाउँदै,राष्ट्रिय आकांक्षा “संम्बृद्द नेपाल,सुखी नेपाली” पूरा गर्ने प्रतिबद्धतासहित हामी हिजो बागमती र आज प्रदेश १ बाट एक/एक कदम अघि बढ्यौं। आदरणीय प्रीय नेतृत्वबृन्द्द,अब तपाईँहरु पनि आ-आफ्ना अडान बाट एक/एक कदम पछि हटने कि ? हामी सबैलाई चेतना भया!’ कार्कीले आइतबार ट्विटमा लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन शीर्ष नेताको बैठकः न्यूनतम साझा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने…

सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख शीर्ष नेताको

बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक