प्रतिपक्षीविहीन प्रदेश २ : नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित


विचार
आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट

आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता



काठमाडौं

प्रदेश २ को आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको छ। आइतबार साँझ प्रदेशसभा बैठकले आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरेको हो।

मुख्यमन्त्री लालबाबु राउतले नीति तथा कार्यक्रम पारित गर्न राखेको प्रस्तावको विपक्षमा कसैले पनि आवाज उठाएनन्। यसअघि प्रतिपक्षमा रहेको नेपाली कांग्रेस हालै सरकारमा सहभागी भएको छ। यसैगरी माओवादी केन्द्र पनि केही दिनभित्रै सरकारमा सामेल हुने तयारी गरेको छ।
सरकारमा सहभागी हुन मुख्यमन्त्री राउत र माओवादी केन्द्रबीच सहमति भइसकेको छ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि नीति तथा कार्यक्रमको पक्षमै उभिएपछि प्रदेश २ प्रदेशसभा एक हिसाबले विपक्षीविहीन भएको छ।

प्रदेश प्रमुख राजेश झा अहिराजले विहीबार प्रदेशसभा बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। नीति तथा कार्यक्रम पारित भएसँगै असार १ गते प्रदेश सरकारले बजेट ल्याउने तयारी गरेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत