जसपा उपेन्द्र पक्षले भन्यो–निर्वाचन आयोगले अन्याय गर्‍यो


विचार
आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट


काठमाडौं

जनता समाजवादी पार्टी उपेन्द्र पक्षले निर्वाचन आयोगले अन्याय गरेको आरोप लगाएको छ। आयोगले दुवै पक्षले गरेको कारबाही अभिलेखीकरण गर्न अस्वीकार गरेपछि उपेन्द्र पक्षले यस्तो आरोप लगाएको हो।

उपेन्द्र पक्षीय कार्यकारिणी सदस्य रामसहाय यादवले पार्टीको बहुमत र विधिलाई नमानेर स्वतन्त्र निकाय निर्वाचन आयोगले अन्यायपूर्ण निर्णय गरेको बताए।

‘ठूलो अन्यायपूर्ण निर्णय भएको छ, संवैधानिक निकायले स्वतन्त्र र निष्पक्ष ढंगले विवाद निरूपण गर्नुपर्दथ्यो,’ यादवले आयोमेलसँग भने,‘विवाद हुँदा हामीले जानकारी गराउने त्यही हो। विधि, विधान र प्रक्रिया सबै मिलेको भन्ने र अर्कोतर्फ अस्वीकृत गर्ने यो अन्याय नै हो।’

दुई वटा दाबी परेकोमा आयोगले कुनै एउटालाई मान्यता दिनैपर्ने बताउँदै उनले बहुमतको परीक्षणसमेत नगरेर यस्तो निर्णय आउनु दुर्भाग्यपूर्ण रहेको जिकिर गरे।

‘हामीले सोध्दा सबै विधि प्रक्रिया मिलेको आयोगले भन्यो,’ उनले भने,‘पार्टीको आधिकारिक धारणा त आउँछ नै तर यो अन्याय भएको छ।’
यादवले नियमसंगत काम नभएकाले कसैको दबाबमा आयोगले यस्तो निर्णय गरेको बताए।

आइतबार बसेको आयोगको बैठकले जसपा अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव नै रहेको कमिटी कायम रहने निर्णय गरेको छ। जेठ १८ गते दुवै अध्यक्षले एकअर्कालाई कारबाही गरिएको भन्दै दल दर्ता किताब अद्यावधिक गर्न आयोगमा निवेदन दिएका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको