बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन प्रधानमन्त्रीको दबाब !

बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंकै स्वामित्वमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालको फागुन १७ गते भएको उद्घाटनका अवसरमा मञ्चमा प्रसाईंसँगै प्रधानमन्त्री केपी ओली। फाइल तस्बिर

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं

प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी ओलीले झापाको बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन दबाब दिएका छन्।

ओलीले आयोग उपाध्यक्ष डा श्रीकृष्ण गिरीलाई आइतबार बालुवाटार बोलाई बिएण्डसी कलेजलाई सम्बन्धन दिने निर्णयमा हस्ताक्षर गर्न दबाब दिएका हुन्। जेठ २८ गते बसेको आयोगको बैठक कलेजलाई सम्बन्धन दिनेबारे निष्कर्षविहीन भएपछि ओलीले आइतबार उक्त दबाब दिएको सोलिडारिटी फर डा केसी अलायन्स र वृहत नागरिक आन्दोलनले विज्ञप्ति जारी गर्दै जनाएका छन्। उक्त बैठकमा आयोगका विज्ञ सदस्यहरुले आवश्यक प्रक्रिया पुर्‍याएरमात्रै सम्बन्धन दिनुपर्ने अडान राखेका थिए।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ र स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले समेत उपाध्यक्ष डा गिरीलाई हस्ताक्षर वा राजीनामा गर्न धम्कीसहित चरम दबाब दिएपछि अहिले डा गिरीको भौतिक र मानसिक सुरक्षामा चुनौती खडा भएको विज्ञप्तिमा उल्लेख छ।

विज्ञप्तिमा भनिएको छ, ‘राज्यशक्तिको चरम् दुरुपयोग गर्दै देशका प्रधानमन्त्री र मन्त्रीहरुले नै एउटा स्वायत्त निकायका कार्यकारी प्रमुखमाथि गरेको यस्तो ज्यादति भत्सर्नायोग्य छ। मेडिकल शिक्षालाई सीमित नाफाखोर आसेपासेको हातमा सुम्पेर देशको स्वास्थ्य प्रणाली नै धरासायी पार्ने चेष्टा स्वयममा भत्सर्नायोग्य छँदैछ, एउटा लोकतान्त्रिक मुलुकको प्रधानमन्त्री निवासलाई नै गुण्डागर्दीको थलो बनाउनु झनै आपत्तिजनक छ।’

विज्ञप्तिमा डा गिरीको जीवन रक्षा अहिले मुख्य चिन्ताको विषय बन्न पुगेको उल्लेख गर्दै आयोगको स्वायत्तता र डा गिरीको भौतिक र मानसिक सुरक्षा सुनिश्चित गर्न सरकार तथा सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराइएको छ।

तस्बिर-बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंकै स्वामित्वमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालको फागुन १७ गते भएको उद्घाटनका अवसरमा मञ्चमा प्रसाईंसँगै प्रधानमन्त्री केपी ओली। फाइल तस्बिर


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन शीर्ष नेताको बैठकः न्यूनतम साझा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने…

सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख शीर्ष नेताको

बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक