चिकित्सक भन्छन्– ‘पहिलो डोज खोप लगाएकाहरू नआत्तिनुस्, ६ महिनासम्म शरीरमा एन्टिबडी रहन्छ’


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं–

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका व्यक्तिलाई नआत्तिन आग्रह गरेको छ।

स्वास्थ्य सेवा विभागका खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले खोप पहिलो डोज लगाएका मानिसका शरीरमा ६ महिनासम्म एन्टिबडी रहने भन्दै नआत्तिन आग्रह गरे।

नेपालमा ६५ वर्षभन्दा माथिका करिब १३ लाखले खोपको दोस्रो डोज पाउन सकेका छैनन्।

१२ हप्तापछि पनि दोस्रो डोज नलगाएको खण्डमा पुन संक्रमण त हुने होइन भन्ने आममानिसको चासोको विषय बनेको छ।

‘विभिन्न अध्ययन,अनुसन्धानले पहिलो मात्रा लगाएको ६ महिनासम्म एन्टिबडी रहने देखिएको छ,’ डा। गौतमले भने, ‘दोस्रो मात्रा पाइन, के हुने हो भन्ने मनमा कुनै डर नराखौं।’

पहिलो डोज लगाएका व्यक्तिमा खोपले ६ महिनासम्म काम गर्ने र संक्रमण भइहालेको खण्डमा पनि जटिलता नहुने उनको भनाइ छ।

‘अहिले हामीसँग कोभिसिल्ड खोप छैन। ६ महिनासम्म पनि एन्टिबडी रहने अध्ययनले देखाएका छन्। १२ हप्ता कट्यो भनेर कोही पनि नआत्तिऔं,’ डा गौतम भन्छन्। उनले हालसम्म ४२ लाख ४८ हजार डोज खोप नेपालमा आइसकेको जानकारी दिए।

देशभर प्राथमिकता निर्धारण गरी खोप कार्यक्रम सञ्चालन भइरहेको उनले बताए।

मन्त्रालयको तथ्यांक अनुसार हालसम्म २४ लाखले खोपको पहिलो डोज प्राप्त गरेका छन्। ७ लाखले दोस्रो डोज लगाइसकेका छन्।

त्यसैगरी, तीन लाखको हाराहारीमा ६० देखि ६४ वर्ष उमेर समूहले पहिलो डोज प्राप्त गरेको मन्त्रालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन शीर्ष नेताको बैठकः न्यूनतम साझा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने…

सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख शीर्ष नेताको

बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक