गण्डकी प्रदेशमा असार १ गते बजेट आउने सम्भावना न्यून, वर्तमान र निर्वतमान मुख्यमन्त्रीबीच छलफल हुँदै


विचार
आयोमेल संवाददाता
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा

आयोमेल संवाददाता
‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक…

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक

आयोमेल संवाददाता
गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट


काठमाडौं–प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने कानुनी प्रावधान रहे पनि सत्ता हेरफेरका कारण गण्डकी प्रदेशमा त्यो सम्भव नहुने भएको छ।

प्रदेश सभा नियमावलीअनुसार असार १ गते बजेट ल्याउन कम्तीमा पनि ५ दिनअघि नीति तथा कार्यक्रम आउनुपर्छ। तर सत्ताअनिश्चयका कारण २९ गते सरकार परिर्वतन हुँदासम्म पनि नीति तथा कार्यक्रम आउन सकेको थिएन।

प्रदेशमन्त्री कुमार खड्काले प्रदेश सभा नियमावलीका कारण १ गते बजेट आउने सम्भावना नरहेको बताए। ‘नियमावलीअनुसार पनि नीति तथा कार्यक्रम प्रस्तुत हुन र छलफलका लागि ५, ६ दिन लाग्छ, यसका लागि समय छैन, त्यसैले १ गते बजेट आउने सम्भावना छैन,’खड्काले आयोमेलसँग भने, ‘त्यसका लागि राजनीतिक सहमतिमा के गर्ने भनेर वर्तमान र निवर्तमान मुख्यमन्त्री छलफल गरिरहनु भएको छ, त्यसपछि मात्र एउटा निर्णयमा पुग्छौं।’

उनले बजेटको पहिलो प्राथमिकता कोरोना महामारीबाट जनताको रक्षा, खोप, उपचार रहने उल्लेख गर्दै बाढीपहिरो र प्रकोपबाट जनतालाई बचाउन कार्यक्रम ल्याइने बताए।

विश्वासको मत लिएपछि मात्र मन्त्रालय बाँडफाँड
मन्त्री खड्काले गठबन्धनका दलबीच तत्काल मन्त्रालय बाँडफाँडबारे कुनै छलफल नभएको बताए। बाँडफाँडबारे सहमति नभएकै कारण शनिबार मन्त्रिपरिषद् गठन गर्दा नियुक्त भएका चारै मन्त्री विनविभागीय राखिएका छन्। ‘मन्त्रालय बाँडफाँडबारे छलफल भएको छैन, सम्भवतः विश्वासको मत लिएपछि यो प्रक्रिया अघि बढाइन्छ,’ उनले भने।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन बैठकमा नेपाल पक्षले भन्यो : हामी तत्काल सरकारमा सहभागी…

सत्ता गठबन्धनमा खुलेको नेकपा एमालेको माधव नेपाल पक्ष तत्काल सरकारमा नजाने भएको छ। आज बिहान बालुवाटारमा बसेको गठबन्धन बैठकमा सो

‘प्रचण्ड’ व्यस्त भएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। बैठक आज दिउँसो ३ बजेका लागि तय गरिएको थियो।

गुल्मीमा जीप दुर्घटना : तीनजनाको मृत्यु

गुल्मीमा यात्रुबाहक जीप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ। मुसीकोट नगरपालिका-४ स्थित दोभान भन्ने स्थानमा लु १ ज ४५५९ नम्बरको

सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको