… र, पनि मोदी ‘सुपरम्यान’ हुन्!?


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


डा. सत्येन्द्रकुमार तिवारीलाई लाग्छ, प्रधानमन्त्री नरेन्द्र मोदी एउटा मानवमात्रै होइनन्, उनी त ‘महामानव’ हुन्। बितेका २ हजार ५ सय वर्षमा एकपटक देखिएका मोदी इतिहासकै एक ‘महान नेता’ हुन्। र, उनलाई लाग्छ मोदी महात्मा गान्धीकै एक रूप हुन्। बुद्धका अवतार हुन्।

‘विश्वले मोदीजस्ता नेता इतिहासमा न कहिल्यै देखेको थियो न देख्नेछ,’ बनारसका ४७ वर्षीय जनरल सर्जरी प्रध्यापक तिवारी भन्छन्, ‘संसदीय प्रजातान्त्रिक हिन्दुको यो पवित्र भूमिका लागि मोदी केवल एउटा मानवमात्रै होइनन, उनी एक महामानव (सुपरह्युमन) हुन्। मोदी एक सन्त हुन्।’

तिवारीमा मात्रै होइन, मोदीलाई चाहने लाखौं भारतीयलाई लाग्छ कि मोदी साँच्चिकै ‘महान’ हुन्। ७० वर्षीय प्रधानमन्त्री मोदी दिनमा १८ घन्टा काम गर्छन्। २३ वर्ष भयो मोदी एक दिन पनि ‘बिदा’ मा बसेका छैनन्। यो मोदीका समर्थकहरू मात्रै होइन उनकै भारतीय जनता पार्टी (भाजपा) का कतिपय वरिष्ठ नेताहरूले पनि मोदीका सन्दर्भमा दोहोर्‍याइरहने कुरा हो।

मोदी एक ‘कडा परिश्रमी’ मान्छे हुन्। जोसँग व्यक्त्तिगत जीवनका लागि समय निकै कम छ। मोदीका लागि व्यक्त्तिगत समय भनेको ‘योगा’ अनि उनको हिन्दु आस्थासँग जोडिएका केही आयामका लागि मात्रै हो। ‘हिन्दु राष्ट्रियता’ को एउटा सर्वालोचित अजेन्डा बोकेरै भए पनि अघिल्लो चुनावमा उनको पार्टीले भोटको बाढी नै ल्यायो। उनको भाजपाले विपक्षीभन्दा झन्डै १० करोड बढी मत ल्याएको थियो।

सन् २०१४ देखि नै भारतको शासन बागडोर सम्हालिरहेका मोदी अहिलेसम्म आइपुग्दा ‘वादशाह’ जस्तै भएका छन्।  जब कि उनी र उनको पार्टीले चुनावताका गरेका कैयौं प्रतिबद्धता अहिलेसम्म पनि ओझेलमा परिरहेका छन्। जस्तो कि लाखौं नयाँ रोजगारी सिर्जना, गरिब जनतालाई स्वास्थ्य सेवा दिने उनको चुनावी ‘ललिपप’ कसैले पाउन सकेका छैनन्। तर, पनि मोदी ‘वादशाह’ को त्यो सिंहासन डगमग छैन।

भारतका ‘मसानघाट’ हरूमा दिनहुँ जल्ने हजारौ लाशसँगै उनको शासन अनि देशको सारा स्वास्थ्य प्रणाली ‘धुवाँ’ बनेर उडिरहेको छ। कोरोना भाइरस दोस्रो लहरको चपेटामा भारत अहिले नराम्रोसँग बिथोलिएको छ।

समग्र महामारी संकट नियन्त्रणका लागि मोदी सरकारले कुनै पनि व्यवस्थापन राम्रोसँग गर्न सकेन। यो ‘कु–प्रबन्ध’ सँगै महामारीलाई भयानक बनाएका मास्क र सामाजिक दुरीबिनै उनका लाखौं कार्यकर्ताले निकालेका चुनावी  र्‍याली अनि लाखौं ‘महाराज’ हरूलाई भेला पारिएको ‘कुम्भ’ मेलाप्रति अझै पनि मोदी गर्व गरिरहेका छन्।

‘जसरी अमेरिकामा डोनाल्ड ट्रम्पको पतनका पछाडि महामारीको भूमिका थियो, त्यसैगरी राजनीतिकरूपमा पनि मोदीको माहोल त्यसरी नै तातेको थियो,’ ब्राउन युनिभर्सिटीमा दक्षिण एसियाका समकालीन मामिला विभागका निर्देशक आशुतोष वार्ष्णेय भन्छन्, ‘जसले यो महामारीमा प्रिय आफन्तहरू गुमाए। त्यसको एउटा ठूलो हिस्सा मोदी पतनको आधार हुनसक्छ।’

मोदीका सच्चा आधार

भारतीय युवा जमातको एउटा ठूलो हिस्सा करिब ७० वर्षीय मोदीको समर्थन गर्न अझै डगमगाएको छैन।

२४ वर्षीय विद्यार्थी रिशव मेहता अझै पनि मोदीको ‘अटुट’ राष्ट्रवादको ‘दिवाना’ छन्। भारतको ‘प्रतिरक्षा प्रणाली’ सुधारमा मोदी र उनको नेतृत्वले राम्रो उपलब्धी हासिल गरेको उनको बुझाइ छ।

दोस्रो लहरमा भारतमा भइरहेको मृत्युको डरलाग्दो तथ्याङ्कबारे मेहताको बुझाइ छ।

‘त्यो त मोदीलाई बदनाम गर्नका लागि केही राज्यस्तरका नेताहरूले संख्या बढाएर षडयन्त्र गरेका हुन्,’ उनी भन्छन्, ‘मलाई लाग्छ सायद ती राज्यमा उनीहरूले मोदी (केन्द्र सरकार) लाई बदनाम गर्ने अभियान नै चलाएका छन्।’

‘तर त्यो सबै हाम्रा लागि एकदमै डरलाग्दो क्षण हो,’ उनको बुझाइ छ। र, यो महामारीमा मेहताले पनि आफ्ना थुप्रै प्रियजन गुमाएका छन्।

थुप्रै विश्लेषक अनि विपक्षीहरूले मोदी सरकारको आलोचना गरिरहेका छन्। कतिपय भारतीय सञ्चारमाध्यमले सरकारले लुकाइरहेको मृत्युको तथ्याङ्क देखाउने प्रमाणहरू जुटाइरहेका छन् र त्यसलाई देखाइरहेका छन्। यो एउटा सामान्य र आमबुझाइ पनि हो कि भारतले महामारीको वास्तविक प्रभावको सही मूल्याङ्कन गर्नै सकेको छैन।

मोदी ‘सहस्राब्दी’ को प्रतिरक्षामा बलियो उपस्थिति देखाउने अर्की हुन् २९ वर्षीया वागिशा सोनी। दिल्लीमा बसेर विभिन्न अनुसन्धान गरिरहेकी उनले यो महामारीका बेला अक्सिजन र आइसियु बेडका लागि सहयोग जुटाउन निकै डटेर लागिन्। महामारीकै कारण उनले कतिपय आफ्ना प्रिय मित्र र आफन्त पनि गुमाइन्।

तर, डा. तिवारीजस्तै उनले पनि मोदीमा केही ‘महानता’ देख्छिन्।

‘मलाई जहिले पनि लाग्थ्यो कि हाम्रा लागि कोही त एउटा नेतृत्व हुनुपर्छ जसले हामीलाई सही मार्गनिर्देश गरोस्। र, ती सायद मोदी थिए। उनको विकल्पमा अर्को कुनै व्यक्त्ति हुनै सक्दैन,’ सोनीको बुझाइ छ।

महामारीमा दिनहुँ हुने मृत्यु तथ्याङ्कबारे सोनी भन्छिन्, ‘यो त्यत्ति खराब तथ्याङ्क होइन। जसरी बाहिर-बाहिर अरूले भनिरहेका छन्।’

भारतभन्दा कयौं गुणा राम्रो स्वास्थ्य संरचना हुँदा पनि अमेरिकाले समेत यो महामारीलाई नियन्त्रण गर्न सकेन। सोनीलाई लाग्छ, ‘यो त स्वाभाविक हो र प्राकृतिक हो। भारत पनि यसलाई नियन्त्रण गर्न सक्दैन। तर, त्यसैका लागि मोदीलाई ‘पन्चिङ ब्याग’ का रूपमा तुलना गरिनु पनि विल्कुलै गलत थियो।’

सोनीलाई लाग्छ, विश्वका कयौ देशका तुलनामा निकै गुणा धेरै जनसंख्या भएको भारतका लागि यो आँकलनै गर्न मुस्किल थियो कि स्थिति कतिसम्म खराब हुनेछ। सायद, मृत्यु र संक्रमण दर पनि त्यसैका आधारमा हुनसक्छ।

विश्वास टुट्दैछन् ‘मोदी भक्त’ का

खासगरी भारतका ग्रामीण क्षेत्रमा अहिले भाइरसको प्रभाव झन् गहिरो देखिन थालेको छ। त्यहाँ स्वास्थ्य संरचनाको कमी छ। उपचारका लागि मानिसलाई कयौं माइलको दुरी नाप्नुपर्छ। सरकारको तथ्याङ्कमा नदेखिएका कयौं मृत्यु ती गाउँमा छ।

बिहार राज्यको छप्रा जिल्लाका एक पूर्ववायुसेना अधिकृतले चुनावताका मोदीलाई भोट दिनका लागि आफ्नो ठाउँमा निकै पहल गरेका थिए। उनलाई विश्वास थियो कि मोदी सरकारले थुप्रै परिवर्तन ल्याउने छ। गाउँका युवालाई रोजगारीका लागि थुप्रै अवसर दिनेछ। तर, अहिले गाउँमा उनले महामारीले निम्त्याएको जुन हालत देखिरहेका छन्, उनलाई लाग्छ ती सब भ्रम थिए। अहिले उनी मोदीका कट्टर विरोधी भएका छन्।

‘तपाईं अहिले गाउँ जानुस् र मोदीको नाम लिनुस्, मानिसहरू तपाईंलाई मार्नै तयार हुन्छन्। उनीहरूसँग यति धेरै आक्रोश छ कि मोदीको नामै सुन्न चाहन्नन्,’ उनी भन्छन्, ‘अहिले निजी एम्बुलेन्सहरूले चर्को भाडा असुलिरहेका छन्। उपचारका लागि मानिसले ९० किलोमिटरभन्दा धेरै टाढा पुग्नुपरिरहेको। यहाँ अति नै आवश्यक रहेको र एकदमै आधारभूतरूपमा चाहिने सिटामोलको मूल्य पनि आकासिएको छ।’

उनले देखेका छन्- पैसा हुने बाँचेको छ। तर पैसा नहुनेसँग मात्रै मृत्यु छ।

विश्लेषक आशुतोष वार्ष्णेयका अनुसार आगामी २०२४ मा हुने आमचुनावमा मोदीको ‘राजनीतिक भाग्य’ यो महामारीले प्रष्ट देखाइसकेको छ।

यद्यपि, भारतको एउटा ठूलो मतदाताको हिस्सा अझै पनि चुनौतीकै रूपमा छ। तर, केही त्यस्ता संकेत पनि देखिइरहेका छन् जसले मोदी र भाजपाका ‘गढ’ हल्लिन सुरु भइसकेको इशारा गरेका छन्।

जस्तो कि पश्चिम बंगालमा हालै भएको विधानसभको चुनावी परिणाम। अघिल्लो चुनावभन्दा केहीमात्रै बढी सिट जिते पनि त्यहाँ मोदी र उनको पार्टी भाजपाले ‘वास्तविक युद्ध’ जित्न सकेनन्। यद्यपि, उनीहरूलाई आसा त थियो र जितका लागि धेरै वर्षदेखि सक्दो प्रयास पनि गरिरहेका थिए।

पतनको यो सिलसिला र सुरुवात मोदी सरकारले बुझिसकेको छ। त्यसैको परिणाम हो अहिले सरकारले आफ्नो आलोचक र सरकारमाथि प्रश्न गर्नेहरूको मुख बन्द गर्ने हर्कतहरू पनि देखाउन थालेको छ।

राजधानी दिल्लीमा हालैमात्र २५ भन्दा धेरै त्यस्ता मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ जसले कोरोना भ्याक्सिन निकासी गर्ने मोदी सरकारको आलोचना गरिएका पोस्टरहरू टाँसेका थिए।

हालैमात्र उत्तरप्रदेश प्रहरीले एक २६ वर्षीय शशांक यादवलाई मुद्दा लगायो। उनले मृत्यु हुनै लागेका आफ्ना हजुरबुबाका लागि अक्सिजन सिलिन्डरको सहयोग माग्दै ट्विटरमा अपिलमात्रै गरेका थिए।

भारत सरकारकै दबाबमा ट्विटरले थुप्रै त्यस्ता सामग्री हटाएको छ जसमा महामारी व्यवस्थापनमा लापरबाही गरिरहेको मोदी सरकारको आलोचान गरिएका थिए। यो मोदी सरकारको प्रायोजित ‘सेन्सरसिप’ को डर हो।

महामारी नियन्त्रण गर्न आफ्नो असफलता ढाक्नका लागि उनले स्थानीय नेतृत्वलाई दोष थुपार्न कति सफल हुन्छन् भन्ने कुरामा पनि अब मोदीको राजनीतिक भविष्य निर्भर छ। हुनसक्छ जहाँ उनको पार्टीले हारेको छ त्यहाँ उनले महामारी नियन्त्रणमा भइरहेको असफलताको दोष दिनेछन्।

गत चुनावमा आफूलाई मोदीका ‘परम भक्त’ का रूपमा चिनाएका एक मतदाता जसले यो महामारीमा आफ्नी श्रीमती गुमाए।

अक्सिजन अभाव थियो। उत्तरप्रदेशको लखनऊ दोस्रो लहरमा निकै प्रभावित भएको थियो। उनले लखनऊकै एउटा अस्पतालमा कोरोना संक्रमण भएकी  आफ्नी श्रीमती भर्ना गरेका थिए।

कुनै बेला उनी मोदीको ‘हिन्दु राष्ट्रियता’ का लागि ज्यान फालेर लागेका थिए। र, आज उनले एउटा अक्सिजन सिलिन्डर नपाउँदा श्रीमतीको ज्यान गुमाउनुपर्‍याे।

‘उनीहरूको हातमा पनि सायद यो कलंकित रगतको छिटा होलान्,’ उनले भने, ‘तर, सायद चाहेर पनि उनीहरू (मोदी र भाजपा) रगत लागेका यी हात पखाल्नसक्ने छैनन्।’

(सिएनएनबाट अनुवाद गरिएको)


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले