प्रदेश २ : नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न जसपा संसदीय दलको ह्वीप


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) प्रदेश २ संसदीय दलले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न प्रदेश सांसदलाई ह्वीप जारी गरेको छ।

मुख्यमन्त्री लालबाबु राउत निवासमा बसेको जसपा संसदीय दलको बैठकले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको हो।

नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न संसदीय दलको बैठकले ह्वीप जारी गरेको जसपाका प्रमुख सचेतक शैलेन्द्र यादवले जानकारी दिए।

प्रदेश प्रमुख राजेश झा अहिराजले बिहीबार प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रम दुई दिनको छलफलपछि सरकारले आइतबार पारित गराउने तयारी गरेको छ।

दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री राउतले छलफलमा उठेका प्रश्नको जवाफ दिनेछन्। मुख्यमन्त्रीले जवाफ दिएपछि आजै नीति तथा कार्यक्रम निर्णयार्थ प्रदेशसभामा पेस हुने प्रदेशसभा सचिवालयले जनाएको छ।

केन्द्रका साथै प्रदेश २ मा पनि जसपाभित्र विवाद उत्पन्न भएपछि महन्थ पक्षलाई नीति तथा कार्यक्रमको विपक्षमा जानबाट रोक्न संसदीय दलले ह्वीप जारी गरेको हो।

यद्यपि, जसपा महन्थ पक्षका सांसदहरू आफूहरू नीति तथा कार्यक्रमको विपक्षमा नजाने प्रष्ट पारेका छन्।

नीति तथा कार्यक्रम र सरकारले ल्याउन लागेको बजेटको विपक्षमा आफूहरू नजाने पूर्वराजपाका प्रमुख सचेतक परमेश्वर साहले बताए।

‘पार्टीभित्र विवाद देखिएपनि हामी अझै जसपा नै छौं, निर्वाचन आयोगमा विवाद पुगेको छ,’ साहले भने, ‘विवाद समाधान नहुन्जेल हामी पार्टीकै सदस्य रहेकोले विपक्षमा जाने कुरा उठ्दैन।’

मुख्यमन्त्री राउतले महन्थ पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेपछि पूर्वराजपाका प्रदेश सांसदहरू दुई दिन प्रदेशसभा बैठकमा अनुपस्थित भएका थिए।

राउतले पूर्वराजपाबाट प्रतिनिधित्व गर्ने मन्त्रीहरूलाई पदमुक्त गरेर सरकारमा कांग्रेसलाई सहभागी गराएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन शीर्ष नेताको बैठकः न्यूनतम साझा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने…

सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख शीर्ष नेताको

बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक