लुकाकुको उत्कृष्ट प्रदर्शनमा बेल्जियमको जित


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


काठमाडौं – युरोकप फुटबलमा बेल्जियमले जित निकालेको छ। शनिबार राति भएको समूह चरणको पहिलो खेलमा बेल्जियमले रुसलाई ३–० गोल अन्तरले पराजित गरेको हो।

पहिलो हाफमा २–० को अग्रता बनाएको बेल्जियमले दोस्रो हाफमा थप एक गोल गरेको थियो। बेल्जियमका लागि रोमेलु लुकाकुले १० औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। त्यसपछि ३४ औं मिनेटमा थोमस म्युनिएरले टोलीको अग्रता दोब्बर बनाएका थिए।

खेल सकिन दुई मिनेट बाँकी रहँदा लुकाकुले व्यक्तिगत दोस्रो तथा टोलीको लागि तेस्रो गोल गरे। जितसँगै समूह ‘बी’ मा रहेको बेल्जियमले ३ अंक जोडेको छ। यसै समूहमा रहेको फिनल्याण्डले पनि डेनमार्कलाई हराउँदै ३ अंक नै जोडेको छ। तर, गोल अन्तरका आधारमा बेल्जियम समूहको शीर्षमा रहेको छ।

शनिबार राति नै भएको खेलमा वेल्स र स्विटजरल्याण्डले १-१ को बराबरी खेलेका छन्। दुवै गोल दोस्रो हाफमा भएको थियो। ४९ औं मिनेटमा स्विटजरल्याण्डका ब्रिल इम्बोलोले गोल गर्दै टोलीलाई अग्रता दिलाएपनि त्यसलाई अन्तसम्म उसले कायम राख्न सकेन। वेल्सका किफर मुरले ७४ औं मिनेटमा बराबरी गोल फर्काए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना उपचारमा बढी शुल्क असुल्ने निजीलाई छैन कारबाही, मन्त्रालयकै कर्मचारी…

'धेरैजसो मन्त्रालयका चिकित्सकहरु निजी अस्पतालमा काम गर्ने गरेका छन्। जबसम्म एक चिकित्सक एक अस्पतालको नियम लागू गरिँदैन तबसम्म समस्या समाधान

क्रिकेटको बन्द प्रशिक्षणका लागि १९ खेलाडीलाई बोलाइयो

१९ सदस्यीय क्रिकेट टोलीलाई बन्द प्रशिक्षणका लागि बोलाइएको छ। ओमानमा हुने आइसिसी क्रिकेट वर्ल्ड कप लिग-२ को ट्राई सिरिजका लागि

झापामा दैनिक कोरोना संक्रमण दर ३५ प्रतिशतभन्दा बढी

झापा – झापामा कोरोना संक्रमण दिनदिनै बढ्दो छ। जिल्लामा कोरोना संक्रमण दर ३५ प्रतिशतभन्दा बढी छ। यो देशभरकै उच्च संक्रमण

झापामा जटिल बन्दै अवस्था : कोरोना संक्रमितले भरिए अस्पताल

विज्ञहरुले कोरोनाको तेस्रो लहर छिट्टै आउने चेतावनी दिइरहेका बेला झापाका कोभिड अस्पतालहरु संक्रमितले भरिभराउ भएका छन्।