गण्डकी जसपा संसदीय दलका नेता आचार्य भन्छन्-प्रदेश प्रमुखको नियत ठीक देखिएन


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौैं

गण्डकी प्रदेश जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता हरिशरण आचार्यले हुँदै नभएको जात्रा हाँडी गाउँमा बनाउन खोजिएको बताएका छन्।

शुक्रबार विश्वासको मत गुमाइसकेका एमाले नेता पृथ्वीसुब्बा गुरुङले जसपा प्रदेश कमिटी र पदमुक्त भइसकेका राष्ट्रिय जनमोर्चाका कृष्ण थापाको समर्थनमा पुनः सरकार बनाउने दाबी पेश गरेपछि आचार्यले यस्तो बताएका हुन्।

‘हामी हिजो स–शरीर उपस्थित भएर कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेललाई मुख्यमन्त्री बनाउनुपर्छ भनेर प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका छौं,’ आयोमेलसँग आचार्यले भने,‘हिजै सरकार गठन प्रक्रिया अगाडि नबढाएर प्रदेश प्रमुखले आफ्नो गलत नियत उदांगो पार्नुभएको छ।’

प्रदेश कमिटीको पत्र प्रदेश प्रमुखसमक्ष पेश गरिएको आफूले सुनेको बताउँदै उनले प्रदेशमा तत्कालीन राजपासँग पार्टी समायोजन नै भएको जिकिर गरे।

‘तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित हामी दुईजना सांसद छौं, संसदीय दलको नेता म हुँ,’ उनले थपे,‘प्रदेशमा समायोजन नै भएको छैन। अनि प्रदेश कमिटी कताबाट आयो? त्यसको कुनै अर्थ छैन। कांग्रेस संसदीय दलका नेतालाई हाम्रो समर्थन अझै कायम छ।’

३१ जना स–शरीर उपस्थित भएको र प्रदेश प्रमुख कार्यालयका कर्मचारीले सनाखत गरेको रेकर्ड नै रहेका बताउँदै आचार्यले प्रदेश प्रमुख गलत नियतका साथ अगाडि बढेको उल्लेख गरेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको