काठमाडौंबाट गायब भएको १४ हजार खोपबारे विभागको अनुसन्धान– ‘पुष्टि भए कारबाही हुन्छ’


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडाैं-

काठमाडौं जिल्लामा भएको खोप अनियमितताबारे स्वास्थ्य सेवा विभागले चासो देखाएको छ। विभिन्न सञ्चारमाध्यममा खोप अनियमितता भएको समाचार प्रकाशित भएसँगै अनुसन्धानको काम थालिएको विभागले जनाएको छ।

विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. तारानाथ पोखरेलले खोपको अनियमितता भएको पुष्टि भए कानुनअनुसार कारबाही गरिने बताए।

विभागबाट लक्षित समूहका आधारमा ६० देखि ६४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई लगाउन काठमाडौं स्वास्थ्य कार्यालयलाई ६४ हजार डोज खोप उपलब्ध गराइएको थियो। तर, काठमाडौं स्वास्थ्य कार्यालयका कर्मचारी तथा तथा स्थानीय जनप्रतिनिधिले खोपमा अनियमितता गरेका थिए।

खोप अभाव भएको कारण देखाउँदै महानगर तथा नगरपालिकाले कार्यक्रम बन्द भएको सूचना जारी गरेका थिए।

काठमाडौं स्वास्थ्य कार्यालयको तथ्यांकमा जम्मा ४६ हजार डोजमात्रै खोप लगाइएको छ। यो कार्यालयसँग भएको ६४ हजार डोजमध्ये अब ४ हजारमात्रै मौज्दात छ।

तर, बाँकी १४ हजार डोज खोप कहाँ–कसलाई लगाइयो भन्ने कुनै तथ्याङ्क स्वास्थ्य कार्यालयसँग छैन।

‘सञ्चार माध्यममा खोपमा अनियमितता भएको भन्ने सुनिएको छ,’ डा. पोखरेलले भने, ‘छानबिन भएर पुष्टि भएको खण्डमा कानुन अनुसार कारबाही हुन्छ।’

उनका अनुसार कुनै कर्मचारीले मर्यादाभन्दा बाहिर गएर काम गरेका रहेछन् भने स्थानीय तहले नै कारबाही गर्नेछन्।

‘खोप कार्यक्रम सबै स्थानीय तहमा गइसकेको छ। कसले गल्ती गरेको हो। त्यसको छानबिन भएर सम्बिन्धत निकायले कारबाही गर्नेछ,’ उनले भने।

‘सबै ठाउँको जानकारी लिन्छौं। यसरी खोपको दुरूपयोग गर्न पाइँदैन। जानी–जानी तोकिएको भन्दा बाहिर गएर खोप लगाएको रहेछ भन्ने भएका नियम अनुसार कडा कारबाही हुन्छ,’ डा. पोखरेलले भने।

यसरी खोप जथाभावी बाँडिएर लक्षित वर्गलाई नपुगेपछि काठमाडौं महानगरपालिकाले दुई दिनमै खोप अभियान रोकेको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक

एमालेले गठन गर्‍यो ९ वटा विभाग, माधव समूहका लागि ठाउँ…

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी महाधिवेशनलाई लक्षित गरेर विभिन्न विभागहरू गठन गरेको छ। तीन दिनदेखि जारी स्थायी कमिटी बैठकको

नेप्सेमा झिनो सुधार, बजार पूँजीकरण ४२ खर्ब ९८ अर्ब

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक साेमबार पनि झिनो अङ्कले बढेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.०६ बिन्दुले