चीनद्वारा भक्तपुरलाई २ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग


विचार
आयोमेल संवाददाता
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता

आयोमेल संवाददाता
राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी

आयोमेल संवाददाता
बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद


चीनले भक्तपुर नगरपालिकालाई शनिबार २ करोड नेपाली रुपैयाँ बराबरको स्वास्थ्य उपकरणहरु सहयोग गरेको छ। अक्सिजन सिलिण्डर ४ लिटरको १ सय वटा, अक्सिजन कन्सन्ट्रेटर ५ लिटरको ३२ वटा, आइसियू बेड ५० र भेन्टिलेटर एकवटा सहयोग प्राप्त भएको भक्तपुर नगरपालिकाले जनाएको छ।

भक्तपुर नगरपालिकाका नगरप्रमुख सुनिल प्रजापतिले मित्रराष्ट्र चीनको तिब्बतको साननान नगरपालिकाबाट साम्रगी सहयोग प्राप्त भएको बताए। चिनियाँ युयान ५ लाख ९९ हजार ४ सय बराबरको स्वास्थ्य साम्रगी रहेको नगरप्रमुख प्रजापतिले बताए। मित्रराष्ट्र चीनले स्वेच्छाले सदैव सहयोग गर्दै आएको उनले बताए।

आएको सामानहरु भक्तपुरको च्याम्हासिंहस्थित जनस्वास्थ्य केन्द्रमा राखिएको छ। केही हप्ता अगाडिमात्र चीनले १ लाख एन–९५ मास्क र आठवटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गरेको थियो। बिहीबार १ करोड २० लाखको अक्सिजन प्लान्ट पनि ख्वप अस्पतालमा जडान गरिसकिएको छ। तर, त्यो सामान भने चीनबाट ल्याइएको थियो सहयोग आएको थिएन।

भक्तपुर नगरपालिकाले जनतासँग सहयोग संकलन गरेर उठेको रकमबाट किनेर चीनबाट सामान ल्याएको थियो। अहिले त्यो अक्सिजन प्लान्टबाट परीक्षणको रुपमा अक्सिजन उत्पादन सुरु भइसकेको छ। अबको दुई-चार दिनबाटै औपचारिक रुपमा अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन हुने जनाइएको छ।

उत्पादित अक्जिजन नगरपालिबाट सञ्चालित ख्वप अस्पताल कोभिड युनिटमा रहेका बिरामीहरुका लागि उपयोग गरिने जनाइएको छ। पहिलो प्राथमिकताका साथ कोभिड बिरामीलाई उपयोग गरिए पनि बढी भए अन्य बिरामीलाई पनि दिने जनाइएको छ।

नगरपालिकाले हाललाई जनस्वास्थ्य केन्द्रमात्रै सञ्चालन गरिरहेको छ। जनस्वास्थ केन्द्रमा आकस्मिक उपचार कक्ष मात्रै रहेको छ। अबका दिनमा ख्वप अस्पतालमा आइसियू पनि सञ्चालन गर्ने नगरपालिकाको योजना छ। त्यसको लागि भवन निर्माणको काम अन्तिम चरणमा पुगको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सत्ता गठबन्धनको निर्णय : मन्त्रिपरिषद विस्तार तत्काल, मन्त्रालय बाँडफाँटको जिम्मा…

प्रधानमन्त्री शेरबहादुर देउवाले चाँडै मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। सत्ता गठबन्धनको बैठकमा शीर्ष नेताहरूबीच तत्काल मन्त्रिपरिषद विस्तार गर्ने सहमति जुटेको

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी संग्रहालयको उद्घाटन (फोटो फिचर)

सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण सम्पन्न गरेको युद्ध संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन्। संग्रहालयको उद्घाटनका लागि राष्ट्रपति भण्डारी हेलिकप्टरमार्फत

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी छ। बैठकमा मन्त्रिपरिषद विस्तार, सरकारका न्यूनतम साझा कार्यक्रमलगायत समसामयिक राजनीतिमाथि छलफल भइरहेको बताइएको

भारतमा पुन: बढ्न थाल्यो कोरोना संक्रमण

भारतमा कोरोना संक्रमण पुन: बढ्न थालेको छ। नयाँ भेरियन्टले भारतमा केही समययता सुस्त बन्न लागेको संक्रमणलाई पुन: बढाउँदै लगेको छ।