गण्डकी प्रदेश : मुख्यमन्त्रीमा दाबी पेश गर्ने समय सकिँदै, नियुक्त होलान् कांग्रेसका कृष्णचन्द्र?


आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका

आयोमेल संवाददाता
श्रम शक्ति आयात-निर्यात रोकौं, सीप आयात-निर्यात बढाऔं

मुलुकमा सञ्चालित विकास कार्यहरू लगभग सबै नै तोकिएको समयभन्दा कम्तिमा


काठमाडौं – गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न दिइएको समय आज दिउँसो ३ बजे सकिँदैछ। मुख्यमन्त्रीमा पृथ्वीसुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न शुक्रबार २४ घण्टाको समय दिएकी थिइन्।

यसैबीच, सरकार गठनको दाबीसहित गण्डकी प्रदेशमा विपक्षी गठबन्धनका नेताहरुले प्रदेश प्रमुखको कार्यालयमा पुगेर दाबी पेश गरेका छन्। ३१ सांसदको हस्ताक्षरसहित विपक्षी गठबन्धन शुक्रबार प्रदेश प्रमुख पौडेलसमक्ष दाबी पेश गर्न गएको हो।

कांग्रेसका १५, माओवादीका ११, जनमोर्चाका २, जसपाका २ र स्वतन्त्र सांसद दीपक मनाङेको हस्ताक्षरसहित गठबन्धन प्रदेश प्रमुखको कार्यालयमा गएको हो। उनीहरुले कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको प्रस्ताव गरेका छन्।

तर, प्रदेश प्रमुख पोखरेलले सरकार गठनको दाबी पेश गर्ने म्याद शनिबार ३ बजेसम्म रहेको भन्दै उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छैनन्। जसमा कांग्रेसले आपत्ति जनाइरहेको छ। कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बहुमतसहित उपस्थित भएका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्रलाई मुख्यमन्त्रीमा नियुक्त नगरिएकोप्रति आपत्ति जनाए। नयाँ सरकार गठनको आह्वानपछि बहुमत पुर्‍याएर जाँदा पनि तत्काल मुख्यमन्त्री नियुक्त नगरिएको प्रति निधिले आपत्ति जनाएका हुन्।

मुख्यमन्त्री गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत लिन असफल भएका थिए। बहुमतका लागि ३१ मत आवश्यक पर्नेमा उनले २७ मतमात्र प्राप्त गरेका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
गठबन्धन शीर्ष नेताको बैठकः न्यूनतम साझा कार्यक्रम मंगलबार सार्वजनिक गर्ने…

सत्ता गठबन्धनमा सहभागी दलले सरकारको न्यूनमत साझा कार्यक्रमका बारेमा छलफल गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको प्रमुख शीर्ष नेताको

बसलाई ओभरटेक गर्न खोज्दा सप्तरीमा मोटरसाइकल ठोक्किए, दुईको मृत्यु, दुई…

सप्तरीमा सोमबार साँझ सडक दुर्घटनामा परेर दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत खडक नगरपालिका–४ अमाहामा भएको दुर्घटनामा

बैंकिङ कसुर मुद्दामा फरार श्रेष्ठ पक्राउ

नेपाल प्रहरीले २३ लाख ५० हजार जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)

नयाँ फोर्ड फिगो सार्वजनिक, मूल्य ३३ लाख ९९ हजार

फोर्ड नेपालका अनुसार फिगो शृंखलाका ‘फोर्ड फिगो टाइटेनियम एटी’ र ‘फोर्ड फिगो टाइटेनियम प्लस एटी’ गरी दुई नयाँ भेरियन्ट सार्वजनिक