विश्वकप छनोटको अन्तिम खेलमा पनि हार्‍यो नेपाल


विचार
आयाेमेल संवाददाता
अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको

आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम

आयाेमेल संवाददाता
बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको


काठमाडौं – नेपाल फिफा विश्वकप छनोटको अन्तिम खेलमा पनि पराजित भएको छ। कुवेतमा भएको खेलमा नेपाल अष्ट्रेलियासँग ३-० ले पराजित भएको हो। यसअघि नै विश्वकप छनोटबाट बाहिरिसकेको नेपालका लागि एसियन कपमा छनोटका लागि खेल महत्वपूर्ण थियो। तर, १० खेलाडीमा सीमित नेपाल बलियो अष्ट्रेलियासँग हार बेहोर्न बाध्य भयो।

नेपालले पहिलो हाफमै दुई गोल खाएको थियो। खेलको छैठौं मिनेटमै म्याथ्यु लेकिले हेडमार्फत उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। बलियो अष्ट्रेलियालाई रोक्न डिफेन्सलाई हम्मेहम्मे नै परेको थियो। त्यसक्रममा अष्ट्रेलियाले ३७ औं मिनेटमा अग्रता दोब्बर बनायो। यसपटक भने उसका फ्रान्क केरिनेज गोल गरे।

पहिलो हाफको अन्त्यतिर नेपाल झनै कठिन अवस्थामा पुग्यो। ४४ औं मिनेटमा नेपालका रोहित चन्द रातो कार्ड खाँदै मैदान छाड्दा नेपाल १० खेलाडीमा सीमित भयो।

त्यसपछि अष्ट्रेलियाले ५७ औं मिनेटमा ३-० को अग्रता बनायो। उसका लागि मार्टिन बोयलले गोल गरे।

नेपालले अस्ट्रेलियासँगको पहिलो खेलमा ५–० को हार बेहोरेको थियो। नेपालले यसअघिका खेलमा चाइनिज ताइपेई माथि २–० को जित निकालेको थियो भने जोर्डनसँग ३–० को हार बेहोरेको थियो।

अष्ट्रेलिया छनोटमा अपराजित रह्यो। उसले सात खेलबाट २१ अंक बनाउँदै शीर्षमा रह्यो। नेपाल भने ६ अंकका साथ चौथो स्थानमा रह्यो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले फिनल्याण्डलाई

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट चरणमा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम खेलमा भाग्य चम्किएको छ। यसअघिका दुवै खेलमा पराजय बेहोरेको डेनमार्क

बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु

ग्राउण्ड जिरो हेलम्बु : लालपुर्जाको सपना बगायो मेलम्चीले

हेलम्बु १ चिउरीखर्कका सानोदिलबहादुर थापाका ७ पुस्ताले स्थानीय शेर्पा समुदायको जमिन भोगचलन गर्दै आए। मोहियानी हकअनुसार त्यो जमिन आफ्नो नाममा