गण्डकीमा नेपालीलाई मुख्यमन्त्री नियुक्त नगरिनु लोकतन्त्रको उल्लंघन : उपसभापति निधि


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


काठमाडौं

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बहुमतसहित उपस्थित भएका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा नियुक्त नगरिएकोप्रति आपत्ति जनाएका छन्।

नयाँ सरकार गठनको आह्वानपछि बहुमत पुर्‍याएर जाँदा पनि तत्काल मुख्यमन्त्री नियुक्त नगरिएको प्रति निधिले आपत्ति जनाएका हुन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत प्राप्त गर्न विफल भएपछि प्रदेश प्रमुख सीता पौडेलले शनिबार ५ बजेको समयसीमा दिँदै सरकार गठनका लागि आह्वान गरेकी थिइन्।

प्रदेश प्रमुख पौडेलले आह्वान गरेसँगै कांंग्रेस संसदीय दलका नेता नेपालीले ३१ जनाको हस्ताक्षरसहित सरकार बनाउने दाबी पेश गरेका थिए।

तर, प्रदेश प्रमुख पोखरेलले सरकार गठनको दाबी पेश गर्ने म्याद शनिबार ३ बजेसम्म रहेको भन्दै उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छैनन्।
उपसभापति निधिले कांग्रेस संसदीय दलका नेता नेपालीलाई तत्काल मुख्यमन्त्रीमा नियुक्त नगरी शनिबारसम्म म्यादकै कारण पर्खनु लोकतन्त्र र निर्वाचन परम्पराको उल्लंघन रहेको बताएका छन्।

‘बहुमतसहित उपस्थित भएका कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्रीमा तत्काल नियुक्त नगरी भोलिसम्म म्यादकै कारण पर्खनु लोकतन्त्र र निर्वाचन परम्पराको उल्लंघन हो,’ निधिले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्,‘चुनावमा सबै मतदाताले मतदान गरिसकेपछि मतपेटिका सिल गर्न ५ बजेसम्म पर्खने चलन छैन। अति भयो।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको