जिल्ला अदालत भक्तपुरको सेवा खुकुलो हुँदै


विचार
आयाेमेल संवाददाता
मन्त्रिपरिषद पुनर्गठनविरुद्धको रिटमा सुनुवाइ हुँदै

मन्त्रिपरिषद पुनर्गठनविरुद्ध परेको रिटमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। प्रधानन्यायाधीश

आयाेमेल संवाददाता
कोरोना रिटर्न्स-३ : नयाँ भेरिएन्ट झनै घातक हुनसक्छ

विगत ५०-५२ दिनदेखि लकडाउनको मार खेपीरहेको नेपाल विस्तारै सहज अवस्थातिर

आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून


भक्तपुर–

जिल्ला अदालत भक्तपुरले आफ्नो सेवा केही खुकुलो बनाएको छ। कोभिडका कारण अदालतमा हुने सेवा प्रवाहमा बैशाख १६ गतेदेखि ल्याएको संकुचनमा केही खुकुलोपना ल्याएको अदालतले जनाएको हो।

अदालतले शुक्रबार सार्वजनिक सूचना प्रकाशित गरी सर्वोच्च अदालतबाट श्रव्यदृश्य सम्वादमार्फत् सुनुवाइ सञ्चालन सम्वन्धी निर्देशिका २०७८ जारी भएको तथा पछिल्लो समय सरोकारवालासँग छलफल गरी विभिन्न सेवा सुविधालाई खुकुलो बनाएको जनाएको छ।

यसअनुसार बन्दीप्रत्यक्षीकरणको निवेदनलगायत अभियोगपत्र दर्ता बयान, थुनछेक आदेश र सो सम्बन्धी सुनुवाइ, म्याद थप, पक्राउ पूर्जी जारी, जरुरी पक्राउपूर्जी समर्थन, घरेलु हिंसासम्बन्धी फिरादपत्र दर्ता, मुद्दा फिर्तालगायतका कामकारबाहीलाई निरन्तरता दिने अदालतले जनाएको छ।
यस्तै जेठ ३० गतेदेखि विशुद्ध थुनामा रहेका र अंग पुगेका थुनुवा मुद्दा क्रमशः आइतबारदेखि बिहीबारसम्म एउटा इजलासमात्र सञ्चालन हुने गरी एक थान थुनुवा मुद्दाको सुनुवाइ हुनेछ। पूर्वसूचनामा उल्लेखित कामकारबाहीको सेवा स्थगनलाई भने निरन्तरता दिने अदालतले जनाएको छ।

मुद्दाको सुनुवाइ सम्भव भएसम्म भर्चुअल माध्यमबाट गर्ने जनाइएको छ। भर्चुअल माध्यमबाट गर्न नसकिने अवस्था रहेको वा भौतिक उपस्थितिबाटै गर्नुपर्ने देखिएकोमा सुनुवाइमा पक्ष विपक्षका एक एक जना कानुन व्यवसायी मात्र इजलासमा उपस्थिति हुने व्यवस्था मिलाइने अदालतले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मन्त्रिपरिषद पुनर्गठनविरुद्धको रिटमा सुनुवाइ हुँदै

मन्त्रिपरिषद पुनर्गठनविरुद्ध परेको रिटमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ हुँदैछ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको बेन्चमा रिटमाथि सुनुवाइ

कोरोना रिटर्न्स-३ : नयाँ भेरिएन्ट झनै घातक हुनसक्छ

विगत ५०-५२ दिनदेखि लकडाउनको मार खेपीरहेको नेपाल विस्तारै सहज अवस्थातिर उन्मुख हुँदै गइरहेको छ। यो साँचो कुरा हो कि, देश

भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट