यसरी गयो पाँच बालिकाको पानीमा डुबेर ज्यान


विचार
आयोमेल संवाददाता
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक

आयोमेल संवाददाता
कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश

आयोमेल संवाददाता
निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि


जनकपुरधाम-

कोरोना महामारीका कारण विद्यालय बन्द भएपछि ग्रामीण बालबालिकाहरु कि त घरमा सघाउछन् कि गाइबाख्रा चराउन जान्छन्। धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–६ लक्ष्मीपुरका पाँच बालिकाको पनि यस्तै दैनिकी थियो केही दिनयता।

सँधैझैं छिमेकका साथीहरूसँग शुक्रबार बिहान पाँचै जना बाख्रा चराउन घरबाट निस्के। आमाहरू खाना पकाउने जोरजाममा जुटे।

गाउँभन्दा करिब एक किलोमिटर टाढा सुनसान चौरीमा उनीहरू बाख्रा लिएर पुगे। केहीदिनयता भइरहेको वर्षाका कारण खेतहरूमा पानी जमेको थियो। कम पानी जमेको खेतहरूकै बीचमा उनीहरूले एउटा खेता फेला पारे। जसमा थोरै बढी पानी थियो।

पाँचै बालिका बाख्रालाई चर्न छोडेर एकआपसमा ठट्टा गर्दै दौडिए, उफ्रे। अनि, बढी पानी भएको खेतमा पुगे।

तर उनीहरुको खुसी त्यही बिलायो। त्यो खाल्टोको पानीबाट पाँचैजना बालिकाको मृत शरीरमात्रै बाहिर आयो।

पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मिनीया यादव, योगेन्द्र भगतकी १० वर्षीया छोरी चन्द्राकुमारी भगत, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मन्जु पूर्वे, जगरनाथ ठाकुरकी १२ वर्षीया नातनी चाँदनी ठाकुर र उत्तिम साहकी १२ वर्षीया छोरी ललिता साहको पानीमा डुबेर मृत्यु भयो।

एकैपटक गाउँका पाँच बालिकाको पानीमा डुबेर मृत्यु भएको घटनाले गाउँ नै शोकाकूल भएको छ।

पाँच बालिकाको ज्यान गएको खेत स्थानीय हुलास यादवको हो। हुलासले एक कठ्ठाभन्दा बढी क्षेत्रफल खेतमा खाल्टो खन्न लगाएका छन्। स्थानीयवासीका अनुसार खेत खनेर माटो बेच्ने उद्देश्यले हुलासले खाल्टो खनेका हुन्।

तर, खाल्टो खनिएको खेत र नजिकै रहेको अन्य खेतहरूको सतह समान रहेको हुँदा पाँचै बालिकालाई धोका भयो। खेतमा पानी जमेको हुनसक्ने लागेका उनीहरूले त्यहाँ ९ फिट गहिरो खाल्टो रहेको पत्तो पाएनन्। खेत धनी हुलासले पनि गहिरो खाल्टो खनिएको कुनै संकेत पनि दिएका छैनन्।

पाँच बालिकाको डुबेर ज्यान गएको खबर आउनासाथ तत्काल प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धानमा जुट्यो।

माटो खन्दा खेत धनीले लापारबाही गरेको धनुषाका प्रहरी प्रमुख एसपी प्रकाश रानाभाटले बताए।

‘सामान्य खाल्टो सम्झेर बालिकाहरू पौडी खेल्न गएको देखिन्छ,’ आयोमेलसँग रानाभाटले भने,‘खेतधनीले कुनै संकेत दिनुपथ्र्यो। तर, त्यस्तो केही देखिएन। लापरबाही भएकै हो।’

खेतधनीले खेतमा यति धेरै गहिरो खाल्टो किन खने भन्नेबारे अनुसन्धान भइरहेको उनले बताए।

‘खेतमा खाल्टो खन्नुपर्ने कारणबारे अनुसन्धान भइरहेको छ,’ उनले भने,‘खेत धनीलाई पक्राउ गर्न प्रहरी खटाइएको छ। नियन्त्रणमा आइसकेपछि थप कुरा खुल्छ।’

एसपी रानाभाटले अनुसन्धानपछि आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइने बताए। पाँच बालिकाको एकैसाथ ज्यान गएपनि प्रदेश सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सर्वोच्चलाई सभामुखको जवाफ–संसदप्रति यस्तो अनैतिक कार्य इतिहासमै कहिल्यै भएको थिएन…

सभामुख अग्निप्रसाद सापकोटाले संसदीय व्यवस्थामा प्रधानमन्त्री जन्माउने संसदप्रति यहाँसम्मको अनैतिक र संसदीय मूल्यमान्यताविपरीत कार्य इतिहासमा पहिले कहिल्यै नभएको बताएका छन्।

कांग्रेस केन्द्रीय समिति बैठक : संशोधित कार्यतालिकामाथि छलफल

१४ औं महाधिवेशनको संशोधित कार्यतालिकासहित पदाधिकारी एवं पूर्वपदाधिकारी बैठकले पेश गरेको प्रस्तावमाथि विहीबारदेखि सुरू भएको केन्द्रीय समिति बैठकमा छलफल सुरू

निजामती कर्मचारी युनियनको निर्वाचन गराउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल अघि बढाउन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश हरिप्रसाद फुयाँलको

मेलम्ची बाढी : दुई चिनियाँ र एक भारतीयको शव फेला,…

सिन्धुपाल्चोकको इन्द्रावतीमा आएको बाढीमा परी हराइरहेकामध्ये ३ जनाको शव फेला परेको छ।दुई चिनियाँ र एक भारतीय नागरिकको शव फेला परेको