कांग्रेस उपसभापति निधिद्वारा ५ बालिका मृत्यु घटनाका दोषीलाई कारबाही गर्न माग


विचार
आयाेमेल संवाददाता
विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको

आयाेमेल संवाददाता
अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको

आयाेमेल संवाददाता
समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट…

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम


काठमाडौं

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले धनुषाको मुखियापट्टी मुसहरनिया घटनाको छानबिन गर्न माग गरेका छन्। आफ्नो निर्वाचन क्षेत्रसमेत रहेको मुखियापट्टी मुसहरनिया–६ का पाँच बालिकाको एकैसाथ डुबेर मृत्यु भएको घटनाको छानबिन गरेर दोषीलाई कारबाही गर्न निधिले माग गरेका हुन्।

शुक्रबार बाख्रा चराउन गएकी मुखियापट्टी मुसहरनिया–६ लक्ष्मीपुरकी पाँच बालिकाको खेतमा खनिएको खाल्डोमा डुबेर मृत्यु भएको छ।
‘यो दुखद घटना कसैको कमजोरी/लापारबाहीका कारण भएको हो वा भवितव्य हो?,’ सामाजिक सञ्जाल ट्विटरमा उनले लेखेका छन्,‘सत्यतथ्य पत्ता लगाइयोस् र कोही दोषी पाइए कानुनी कारबाही अगाडि बढाइयोस्।’

साथै आगामी दिनमा यस्ता घटनाहरू हुन नदिन सचेतता अपनाउन उनले सरोकारबालाहरूको ध्यानाकर्षण गराएका छन्।

‘मेरो निर्वाचन क्षेत्रमा पर्ने मुखियाट्टी मुसहरनिया गाउँपालिकाको खेतमा खनिएको पोखरीमा डुबेर ५ बालिकाको मृत्यु भएको खबरले साह्रै मर्माहत भएको छु,’ समवेदना दिँदै उनले भनेका छन्,‘आउँदा दिनमा यस्ता घटनाहरू हुन नदिन सरोकारवालाहरूको ध्यानाकर्षण होस्।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
विज्नाल्डमको दुई गोल मद्दतमा नेदरल्याण्ड्स समूह ‘सी’ विजेता

काठमाडौं – नेदरल्याण्ड्स युरोकप अन्तर्गत समूह ‘सी’ को विजेता बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले नोर्थ

अपराजित बेल्जियम समूह विजेता

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ को विजेता बेल्जियम बनेको छ। सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा उसले फिनल्याण्डलाई

समूह चरणको अन्तिम खेलमा जित निकाल्दै डेनमार्क नकआउट चरणमा

काठमाडौं – युरोकप अन्तर्गत समूह ‘बी’ मा रहेको डेनमार्कको अन्तिम खेलमा भाग्य चम्किएको छ। यसअघिका दुवै खेलमा पराजय बेहोरेको डेनमार्क

बाढी-पहिरोमा परी एक सातामा २० को मृत्यु

काठमाडौं – मनसुनपछिको अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा आएको बाढीपहिरो र डुबानमा परी पछिल्लो एक सातामा २० जनाको मृत्यु