मेचीनगरका नगर प्रमुखलाई ५ दलको ज्ञापन, नदीजन्य पदार्थ उत्खननमा अनियमितता भएको दाबी


विचार
आयाेमेल संवाददाता
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली…

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली

आयाेमेल संवाददाता
आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै

आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत


झापा–मेची र निन्दा खोलाबाट उत्खनन गर्दा भएको अनियमितता छानबिनको मागसहित मेचीनगरका पाँच राजनीतिक दलले शुक्रबार नगर प्रमुख विमल आचार्यलाई ज्ञापनपत्र बुझाएका छन्।

नदीजन्य पदार्थ उत्खननमा व्यापक अनियमितता भएको बारम्बार विषय उठान भएको, नगर नेतृत्वको व्यापक आलोचना भएको र सञ्चार माध्यममा बारम्बार समाचार आएको भन्दै उनीहरुले नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएका हुन्।

नगरपालिकाले सार्वजनिक गरेको तथ्यांक र प्राविधिकसहितको संयुक्त टोलीले गरेको स्थलगत अनुगमनपछिको तथ्यांकमा व्यापक अन्तर भएको भन्दै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमाले ,जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी नगरपालिकाको ढोका ढकढक्याउन पुगेका हुन्।

दलहरुले खोलाको ढुंगागिटी नापजोख गर्दाको तथ्यांक र मेचीनगर नगरपालिकाले सार्वजनिक गरेको तथ्यांक फरक भएको दावी गरेका छन्। कांग्रेस क्षेत्रीय अध्यक्ष मणिकुमार उप्रेती, माओवादी केन्द्रका पुष्प गुरागाईं , एमालेका राजु पोखरेल, जसपाका ओमप्रकाश खापुङ र राप्रपाकी सविना बजगाईंले प्रमुख आचार्यलाई भेटेर नगरपालिकाले सार्वजनिक गरेको र स्थलगत अनुगमनको क्रममा खोलाको ढुंगागिटी नापजोख गर्दा फरक तथ्यांक आएको दावी गरे।

नगरपालिकाको प्राविधिकसहितको टोलीले निन्दा खोलाको ६७ हजार घन मिटर ढुंगागिटी उत्खनन् गरेको तथ्याङ्क निकालेको थियो। तर नगरपालिकाले ३४ हजार घनमिटर भन्दा बढीको मात्र उत्खनन् गरेको तथ्यांक सार्वजनिक गरेको छ। मेचीको ३१ हजार घनमिटर ढुंगागिटी उत्खनन् गरेको दलहरुको दावी छ। नगरपालिकाले १९ हजार घनमिटर मात्र उत्खनन गरेको तथ्यांक सार्वजनिक गरेको छ। निन्दा खोलाको ३३ हजार र मेचीको १२ हजार घनमिटर ढुंगा गिटीको तथ्यांक फरक पारी व्यापक अनियमितता गरेको दलहरू नगरपालिका पुगेका हुन्। दलहरुले यसबारे स्थानीय सरकारले छानबिन गरी दोषीलाई तत्काल कारबाही गर्न माग गरेका छन्।

उनीहरूले कसैलाई पनि राजनीतिक संरक्षण गरिए अमान्य हुने चेतावनीसमेत दिएका छन।

प्रमुखको आचार्यको चुनौती
पाँचको ज्ञापनपत्र बुझ्दै नगरप्रमुख विमल आचार्यले ढुंगा गिटी लगायतका विषयमा आफ्नो संलग्नता नभएको दाबी गर्दै आफूलाई कारबाही गरेर देखाउन पार्टीलाई चुनौती दिएका छन्। ‘म नेपाली कांग्रेसबाटै चुनाव जितेर मेयर भएको हुँ ,पार्टीको महासमिति सदस्य पनि छु,’ ज्ञापनपत्र बुझाउन पुगेका झापा कांग्रेसका १ नम्बर क्षेत्रीय सभापति मणि उप्रेतीकै अगाडि उनले भने, ‘मलाई कारबाही गरेर देखाउन म पार्टीलाई चुनौती दिन्छु। ममात्रै होइन राष्ट्रपति, प्रधानमन्त्री, मुख्यमन्त्री पनि सबै पार्टीबाटै आएका हुन्। कसैले गलत गरेको छ भने पार्टीले कारबाही गरेर देखाओस्।’

ढुंगागिटीका विषयमा समस्या भएको उल्लेख गर्दै आचार्यले यसविषयमा सत्यतथ्य छानबिनका लागि आफैंले फाइल अख्तियारमा पठाएको बताए। ढुंगागिटीबाहेकका अरु विषयमा केही समस्या भए कागज ल्याउन र सबै अख्तियार पठाउन तयार रहेको प्रमुख आचार्यको भनाइ छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा

देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। जल

आफू नै अवैध भएका प्रचण्डलाई राष्ट्रपतिभन्दा राजा किन प्यारो नहोस्…

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आफू नै अवैध भएका पुष्पकमल दाहाल 'प्रचण्ड' लाई राष्ट्रपतिभन्दा राजा मन पर्नु

माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न