‘प्रेमी’ खोज्दै ताइवानबाट जापान पुगेकी सेतो गैंडा


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव


ताइवानदेखि जापानसम्म यात्रा तय गरेकी एउटा सेतो पोथी गैंडाको कथा अहिले चर्चामा छ।

यो यात्रालाई उसको ‘प्रेम’ र ‘यौन साथी’ को खोजीसँग पनि जोडिएको छ।

उसको नाम ‘एम्मा’ हो। अहिले जापानको तोबु चिडियाखानामा बसिरहेकी एम्माले १० वर्षीय ‘मोरन’लाई भेटेकी छे।

सायद, मोरन उसको पहिलो प्रेमी हुनसक्छ। केही दिनअघि जापान लगिएका २३ वटा गैंडाको समूहमा ‘एम्मा’ पनि थिई।

चिडियाखानाका अधिकारीहरूले ऊ अलि ‘झगडालु स्वभाव’ को नभएको बताएका छन्।

त्यो चिडियाघरमा उसको बसाइको अर्थ सायद एसिया क्षेत्रमा ‘स्वेत गैंडा’ को संख्या वृद्धि गर्न पनि हुनसक्छ।

लोपोन्मुख मानिएको सेतो गैंडा विश्वभरि करिब १८ हजारमात्रै रहेको विश्व वन्यजन्तु कोषको तथ्याङ्क छ।

करिब १६ घन्टाको यात्रा तय गरेर लियोफू सफारी पार्कबाट एम्मा मंगलबार मात्रै जापानको तोबु चिडियाघर पुगेकी हो।

लियोफू पार्कमै ऊ जन्मिएकी थिई।

कोरोना भाइरस महामारीका कारण उसको आगमनमा केही ढिलाइ भएको चिडियाखानाका कर्मचारीहरूले बताएका छन्।

‘एम्माको ‘सयन’ कक्षका लागि बनाइएको एउटा कोठा नजिकै एउटा कन्टेनर हामीले जब बिस्तारै खोल्यौं तब एम्मा कुनै धक नमानेर आफ्नो सयन कक्षमा गई,’ निकुञ्जका कमर्चारीहरूले सुनाए।

गत मार्चमै उसको यो यात्रा तय भइसकेको थियो तर विश्वका लाखौ मानिसको जस्तै कोरोना महामारीका कारण उसको यात्रा पनि बिथोलियो।

तर, यो ढिलाइ पनि उसका लागि राम्रो सिकाइको मौका बन्यो। उसका हेरालुहरूले उसलाई जापानी भाषा सिकाए।

खासगरी जापानी भाषामा ‘आउ’ वा ‘नआउ’ भन्ने शब्दहरूको बोध एम्मालाई राम्रोसँग भइसकेको छ।

एम्माको शरीरको आकार सानो छ जसले उसलाई यात्राका लागि सजिलो पनि भएको छ।

चिडियाघरका लागि एउटा कम्पनीले ती सेता गैंडाको संख्या वृद्धि गर्न प्रजननको जिम्मेवारी लिएको छ।

यी गैंडाको झुण्ड खासगरी दक्षिणी बेल्टमा रहन्छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न