क्षति रोक्न स्काभेटर लगाएर माईखाेलाकाे धार परिवर्तन


विचार
आयोमेल संवाददाता
कोभिडको लडाइँमा हातेमालो गर्न काठमाडौं महानगरले गर्‍यो सात…

काठमाडौं–कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका

आयोमेल संवाददाता
बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

काठमाडौं–राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले शनिबार चीनको

आयोमेल संवाददाता
पुरातत्वविद डा. साफल्य अमात्यको कोरोना संक्रमणबाट निधन

काठमाडौं–विख्यात पुरातत्वविद, इतिहासकार तथा सांस्कृतिक सम्पदा विज्ञ डा. साफल्य अमात्यको


हुलाकी राजमार्गअन्तर्गत माईखोलामा निर्माणाधीन पुल दक्षिण खोलालाई साबिकको प्रवाहमा बगाउन थालिएको छ। करिब एक किलोमिटर क्षेत्रमा पानी बग्ने ड्रेन निर्माणपछि माईलाई साबिक प्रवाहमा बगाइएको हो। 

नेपाली कांग्रेसका नेता देउमान थेवेले साबिकमा पानी बगाउने कार्य खोलाको मुहान खोलेर सुरु गरेका थिए। महाभाराको झोडापूर्वमा खोलालाई साबिकबाट बगाउन धमाधम काम भइरहेको छ। प्राविधिक जनशक्तिसहित दुइटा स्काभेटर एक सातादेखि त्यहाँ परिचालित छन्। प्राविधिक र इन्जिनियरको योजनाअनुसार खोलालाई साबिकमा बगाउन थालिएको नेता थेवेको भनाइ छ। 

 

उनले लकडाउनको अवस्थामा पनि भौतिक दूरी कायम गरेर काम जारी राखेको बताए। ‘अहिले विश्व नै कोरोनाको त्रासमा छ, बर्खा लाग्नासाथ यहाँ अर्को त्रास थपिन्छ,’ उनले भने, ‘स्थानीय उपभोक्ता, महाभारा, कोरोबारी, कुमरखोद र जनताको तटबन्ध कार्यक्रमसहित मिलेर काम भइरहेको छ, यो सम्भावित जोखिम रोक्ने सहकार्यको नमूना नै हो।’ 

थेवेले आफू उपभोक्ता, आफ्नो निर्वाचन क्षेत्र र यहीको नागरिकको हैसियतमा तटबन्ध गर्ने कार्यमा निरन्तर लागिपरेको बताए। उनले खोलापूर्व पसे त्यस क्षेत्रको सबै संरचना सेतुमाडी प्रावि, लसुनगन्ज, सालमारा र लसुना प्राविसमेत बगाउने र भारतको धिघल बैंकतर्फ खोलो जाने सम्भावना देखिएकाले खोलालाई बीचैबीच बगाउने प्रयास भइरहेको बताए।

उनले भने, ‘झापा गाउँपालिकातर्फको क्षेत्रमा ढुंगाको तारजाली र माटोको काम भइरहेको छ, प्राविधिकले दिएको सल्लाहअनुसार नै खोलो बीचबाट बगाइएको हो।’

सबै मिलेर खोलालाई साबिक प्रवाहमा बगाउनुको विकल्प नभएको थेवेको तर्क छ। सो काम जनताको तटबन्ध कार्यक्रमअन्तर्गत भएको झापा गाउँपालिका-१ का वडाध्यक्ष राजकुमार यादवले बताए। उनले साबिक  कुमरखोदका ८१ घरपरिवारलाई जोगाउन खोलालाई बीच भागबाट बगाउने काम भएको बताए।

यादवले कुमरखोदको साबिक तीन वडालाई जोगाउने चुनौती रहेको र मिलनबस्ती नजिक तटबन्ध गर्ने कार्यसमेत भइरहेको बताए। गत वर्ष त्यहाँ हजार विघा बढी जग्गा माईले कटान गरेको र विगत वर्षमा १० जना बढीले ज्यान गुमाउनुपरेकाले यस पटक खोलालाई बीचबाट बगाउने काम गरेको उनले जानकारी दिए।

खोलालाई बीचबाट बगाउने सँगै झोडाको पूर्वी बस्तीअगाडि ५ सय मिटर र त्यसदेखि दक्षिण प्रकोपाइनको काम भइरहेको स्थानीय विनोद योङ्याले बताए। सो प्रकोपाइनले झोडाको पूर्व टोल र दक्षिणतर्फको बस्ती जोगाउन सकिने अपेक्षा गरिएको छ । 

माईलाई बीचैबीच बगाउन त्यस क्षेत्रमा काम भइरहेको छ। काम सकिएपछि मात्रै के कति रकमबराबरको काम भयो यकिन हुने खोलालाई बीच भागबाट बगाउन लागिपरेकाकाहरू बताउँछन्।

गौरीगन्ज-१ का वडाध्यक्ष कात्तिकलाला राजवंशीले साबिक महाभारा तीनवटा खोलाको चपेटामा रहेको बताए। उनले अहिले माईमा भइरहेको कामले साबिक महाभारा-५ को केही भागमा राहत हुनसक्ने बताए। उनले आफ्नो वडा त्रिकोणात्मक अवस्थामा रहेकाले हरेक बर्खामा समस्या हुने बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोभिडको लडाइँमा हातेमालो गर्न काठमाडौं महानगरले गर्‍यो सात अस्पतालसँग सम्झौता

काठमाडौं–कोभिड–१९ को सङ्क्रमणविरुद्ध लड्नका लागि काठमाडौँ महानगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका अस्पतालले माग गरेअनुरुप क्षमता बढाउन आवश्यक पर्ने उपकरण तथा व्यवस्थापनमा

बेइजिङ र मस्कटबाट अक्सिजन सिलिन्डर ल्याइँदै

काठमाडौं–राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले शनिबार चीनको राजधानी बेइजिङ र ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर ल्याउँदैछ। गैरआवासीय

पुरातत्वविद डा. साफल्य अमात्यको कोरोना संक्रमणबाट निधन

काठमाडौं–विख्यात पुरातत्वविद, इतिहासकार तथा सांस्कृतिक सम्पदा विज्ञ डा. साफल्य अमात्यको कोरोना संक्रमणका कारण शनिबार निधन भएको छ। एक साताअघि कोरोना

निषेधाज्ञामा सुनसान झापा [फोटो फिचर]

झापा–झापामा शनिबारदेखि कडा रुपमा लागू गरिएको निषेधाज्ञाको पूर्णपालना भएको छ। दुई सातादेखि जारी निषेधाज्ञा पूर्ण पालना नभएपछि शुक्रबार झापाका प्रमुख