एक साता नबित्दै पुन: पद गुमाए जनमोर्चाका प्रदेश सांसद कृष्ण थापाले


विचार
आयाेमेल संवाददाता
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून

आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव


राष्ट्रिय जनमोर्चाका प्रदेश सांसद कृष्ण थापा फेरि पदमुक्त भएका छन्। आजको संसद बैठकले उनी पदमुक्त भएको सूचना सभामुख नेत्रनाथ अधिकारीले पढेर सुनाएका हुन्।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार लिएको विश्वासको मतको विपक्षमा मतदान गर्न पार्टीले ह्वीप जारी गरेपनि तटस्थ बसेको भन्दै पुन: जनमोर्चाले उनलाई कारबाही गरेको थियो।

यसअघि सर्वोच्च अदालतले थापाको पद खारेज नगर्न अन्तरिम आदेश जारी गरेको थियो। न्यायाधीश कुमार चुडालको एकल इजलासले गत आइतबार यस्तो आदेश जारी गरेको थियो। तर, एकसाता नपुग्दै पुन: उनको पद खोसिएको छ।

सरकारविरुद्ध ल्याएको अविश्वासको प्रस्तावमाथि दलले समर्थन गरिरहँदा थापाले पार्टीको निर्देशन उल्लंघन गर्दै एमालेलाई सहयोग गरेको भन्दै यसअघि उनको पद खोसिएको थियो।

तर, गण्डकी प्रदेश सरकारविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावविरुद्ध मतदान गर्न संसदीय दलले ह्विप जारी गर्ने निर्णय भए पनि मतदान नै नभएकाले थापालाई पदमुक्त गर्न नमिल्ने आदेश अदालतले दिएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतमा तीन महिनायताकै न्यून संक्रमण

काठमाडौं – भारतमा कोरोना संक्रमितको दैनिक तथ्यांक तीन महिनायताकै न्यून पाइएको छ। भारतको स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको पछिल्लो २४ घण्टाको

ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न